close

अब बोलेको कुरा पनि गुगलले तत्कालै अनुवाद गर्ने

टेकपाना टेकपाना

माघ १९, २०७६ १७:२४

अब बोलेको कुरा पनि गुगलले तत्कालै अनुवाद गर्ने

एजेन्सी । गुगलले ‘गुगल ट्रान्सलेट’ मा नयाँ सुविधा थप गर्ने तयारी गरेको छ । कम्पनीले बोलेका कुरालाई तत्कालै अनुवाद गर्न मिल्ने सुविधा ल्याउन लागेको हो ।

यो सँगै तपाईंले अरुले बोलेको कुरा तत्कालै सहज रुपमा पढ्न सक्नुहुने छ । विशेष गरि अन्य भाषामा बोलिएका कुरालाई आफ्नो भाषामा अनुवाद गरि तत्कालै पढ्न सकिने छ । हाल यो परियोजना सुरुवाती चरणमा रहेको छ ।

अघिल्लो मंगलबार कम्पनीको कार्यलयमा भएको आर्टिफिसियल इन्टेलिजेन्स डेमोका क्रममा गुगलले यो योजनको विषयमा जानकारी दिएको हो । हाल गुगल ट्रान्सलेटमार्फत लेखिएका कुरालाई विभिन्न भाषामा अनुवाद गर्न सकिन्छ । गुगलको नयाँ परियोजना आएको खण्डमा भने बोलेका कुरालाई समेत विभिन्न भाषामा अनुवाद गर्न सकिने छ ।

गुगलका अनुसार पहिलाे चरणमा याे एन्ड्रोइड भर्सनमा उपलब्ध हुनेछ । तर, यो प्रयोग गर्नका लागि इन्टरनेट कनेक्सन भने आवश्यक हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०