close

सामाजिक सञ्जालले कस्तो असर पारिरहेको छ ?

टेकपाना टेकपाना

माघ २१, २०७६ १३:२

सामाजिक सञ्जालले कस्तो असर पारिरहेको छ ?

एजेन्सी । हामी धेरैजसोले सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छौं । हाम्रो दैनिकीको केही समय यसैमा बितिरहेको हुन्छ । तर, पछिल्लो अध्ययनले भने सामाजिक सञ्जालको प्रयोगले मानिसको जीवनमा नकारात्मक असर पारिरहेको तथ्य बाहिर ल्याएको छ ।

लस एन्जलमा रहेको सेक्युरीटी रिभ्यु फर्म ‘सेक्युरीटी’ ले गरेको अध्ययनमा सहभागी एक तिहाइले सामाजिक सञ्जालले आफ्नो जिवनमा नकारात्मक असर पारेको बताएका छन् । सामाजिक सञ्जालले मानिसको जिवनमा कस्तो असर पारिरहेको छ भनी २३ वर्ष देखी ३५ वर्ष उमेर समुहका २७ सय जनामा यो अध्ययन गरिएको थियो ।

1 in 3 millennials say social media worsens their lives zdnet

त्यसमध्ये ६७.४ प्रतिशतले सकारात्म प्रभाव पारिरहेको बताए पनि ३३.६ प्रतिशले नकारात्क असर पारेको बताएका छन् । यसको अर्थ तीन जनामध्ये १ जनाले सामाजिक सञ्जालले आफ्नो जिवनमा नकारात्मक असर पारेको भनी अध्ययनको क्रममा उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालको प्रभावमा विवाह भए/नभएको कुराले पनि फरक पार्ने देखिएको छ । अध्ययन अनुसार वैवाहिक जीवन बिताइरहेका मध्ये धेरैले सामाजिक सञ्जालले आफ्नो जिवनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । अध्ययनमा सहभागी मध्ये ७३.४ प्रतिशतले सकारात्म प्रभाव परेको बताएका हुन् ।

तर, अविवाहितले विवाह भएकाले भन्दा बढी नकारात्क असर रहेको उल्लेख गरेका छन् । सहभागी मध्ये ६९.१ प्रतिशतले सामाजिक सञ्जालले सकारात्मक र ३०.९ प्रतिशले नकारात्क प्रभाव पारेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०