close

कोरोना भाइरसले बढायो चीनमा अनलाइन व्यापार

टेकपाना टेकपाना

माघ २०, २०७६ ११:९

कोरोना भाइरसले बढायो चीनमा अनलाइन व्यापार

एजेन्सी । कोरोना भाइरसका कारण चीनमा अनलाइन व्यापार फस्टाएको छ । सुरक्षाका लागि घरबाट बसेर अनलाई सपिङ गर्ने क्रम बढेसँगै अनलाइन व्यापार बढेको उल्लेख गरिएको छ ।

त्यसमा घरमै बसेर अनलाइनबाट जानकारी लिने र कम्प्युटर गेम खेल्नेको संख्या सबैभन्दा बढी रहेका छन् । भाइरसका कारण घरमै बस्नुपर्दा समय बिताउनकालागि अनलाईनमा विभिन्न जानकारी मुलक कन्टेन्ट हेर्ने र कम्प्युटर गेम खेल्नेको संख्या बढको उल्लेख गरिएको छ ।

आइतबारसम्म २० वटा अनलाईन एजुकेशन प्ल्याटफर्म जस्तै न्यु ओरियन्टल एजेकेशन एण्ड टेक्नोलोजि ग्रुप, टुमरो एड्भान्सीङ लाइफ जस्ता संस्थाले निशुल्क रुपमा अनलाईन एजुकेशन प्रदान गर्ने जनाइसकेका छन् ।

माइक्रोसफ्ट चाइनाले आफ्ना अफिस ३६५ का सब्सक्राइबरलाई डिस्टेन्स एजुकेशनको अवसर प्रदान गर्ने निर्णय आइतबार गरिसकेको छ । गएको दुई हप्ताको अध्ययन अनुसार चीनमा गेम, स्वास्थ्यसँग सम्बन्धीत एप र भिडियो कन्टेन्टको प्रयोग ठुलोमात्रामा बढेको छ ।

चीनको अनलाईन हेल्थकेयर प्ल्याटफर्म ‘डिंङसिंग डक्टर’ लगाएतले कोरोनासँग सम्बन्धीत जानकारी र सुझाव तत्कालै दिने छुट्टै सिस्टमनै निमार्ण गरिसकेका छन् । जसले कोरोना भइरसको विषयमा राम्रो जानकारी लिन मद्धत पुर्‍याएको छ ।

त्यतिमात्रै नभएर अनलाइन व्यापार पनि ठुलोमात्रामा वृद्धि भएको छ । चीनीयाँ अनलाईन सपिङ साइट ‘जेडी’ का अनुसार फ्रोजन फुडको व्यापार अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७९० प्रतिशतले बढेको छ । जुन चीनको स्प्रिङ फेस्टीवलमा हुने व्यापार भन्दा बढी हो । चिनको स्प्रिङ फेस्टीवलमा एकबाट अर्को वर्षमा हुने व्यापर वृद्धि भनेको ४७० प्रतिशको हाराहारी रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०