close

विण्डोज १० मा यसरी हाइड गर्नुहोस् ‘रिसाइकल बीन’

टेकपाना टेकपाना

माघ २०, २०७६ १३:४१

विण्डोज १० मा यसरी हाइड गर्नुहोस् ‘रिसाइकल बीन’

एजेन्सी । रिसाइकल बीन कम्प्युटर स्क्रिनमा देखिने एउटा चिरपरिचित प्रोग्राम हो । कम्प्युटरमा डिलेट भएका फाइल आवश्यक परेमा त्यहाँ गएर रिस्टोर गर्नसकिन्छ । भनौं, त्यो डिलेट गरिएका फाइल जम्मा भएर बस्ने ठाउँ हो । त्यसेले पनि यसलाई रिसाइकल बीन भनिएको हो ।

तर कतिपयले यसलाई खासै उपयोगी मान्दैनन् र आफ्नो डेक्सटप वालबाट हटाउन चाहान्छन् । त्यसैले पनि होला विण्डोज १० ले रिसाइकल बीनलाई हाइड(नदेख्ने) बनाउन सकिने सुविधा दिएको छ । रिसाइकल बीन हाइड भएपनि प्रयोगकर्ताले फाइलहरु डिलिज गर्न र कम्प्युटरको सर्च बारमा गएर पुनः रिसाइकल बीन खोल्न सक्नेछन् । तर उक्त रिसाइकल बीन तपाईको डेस्कटपमा भने देखा पर्दैन ।

Related image

विण्डोज १० मा रिसाइकल बीन हाइड गर्न सबैभन्दा पहिले डेस्कटपको कुनै खाली स्पेसमा गएर माउसको राइट बटन क्लिक गर्नुपर्छ । त्यहाँ मेनुमा विभिन्न अप्सन आउँछ । त्यसमध्य सबैभन्दा अन्तिम ‘पर्सनलाइज’ मा क्लिक गर्नुपर्छ । पर्सनलाइजेसन पेजमा बाँया साइडमा विभिन्न अप्सनहरु रहेका छन् । त्यसमध्य ‘थिम्स’ लेखेको ट्याबमा गएर क्लिक गर्नुपर्छ ।

थिम्स ट्याबमा पुगिसकेपछि स्क्रिनको राइट साइडमा ‘रिलेटेड सेलिटङ’ रहेको छ । उक्त अप्सनभित्र रहेको ‘डेस्कटप आईकन सेटिङ’ मा क्लिक गर्नुपर्छ । ‘डेस्कटप आईकन सेटिङ’ भित्र डेस्कटप आइकनहरुको साना चेकबक्सहरु देखिन्छ । त्यसमध्य ‘रिसाइकल बीन’ लाई अनचेक गर्नुहोस् र ‘अप्लाइ’ मा क्लिक गर्नुहोस् । त्यसपछि विण्डोज १० कम्प्युटर स्क्रिनबाट रिसाइकल बीन आइकन हट्नेछ ।

यदि तपाईंलाई पछि रिसाइकल बीन आइकनलाई पुनः आवश्यक पर्या भने उल्लेखित प्रक्रियालाई अपनाउँन सक्नुहुन्छ । अघि रिसाइकल बीन हटाउन अनचेक गरिएको ठाउँमा गएर ‘चेक’ गरी अप्लाई क्लिक गर्न सक्नु हुनेछ । त्यसपछि पुनः रिसाइकल बीनको आइकन तपाईंको डेस्कटपमा देखा पर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०