close

एकै पटक तीन फरक फोटो खिच्न सकिने सामसङ ग्यालेक्सी एस ट्वान्टी

टेकपाना टेकपाना

माघ २०, २०७६ १४:४६

एकै पटक तीन फरक फोटो खिच्न सकिने सामसङ ग्यालेक्सी एस ट्वान्टी

आगामी हप्ता सामसङ ग्यालेक्सी एस ट्वान्टी सार्वजनिक हुँदैछ । सामसङको बुहप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ट्वान्टीको विषयमा धेरैकुरा बाहिर आइसेका छन् । त्यसमध्यपनि हालै ग्यालेक्सी एस ट्वान्टीको क्यामराको विषयमा नयाँ जानकारी बाहिरिएको छ ।

नयाँ जानकारी अनुसार सामसङ ग्यालेक्सी एस ट्वान्टीको क्यामराले एकै पटक तीन ओटा फरक–फरक फोटो खिच्न सक्नेछ । त्यसका लागि क्यामरामा ‘क्विक टेक’ बटन उपलब्ध गराइएको जनाइएको छ ।

फोनको दिइएको ‘क्विक टेक’ बटक क्लिक गर्दा मोबाइलमा रहेको मुख्य क्यामरा, अल्ट्रावाइड र टेलिफोटो क्यामराले छुट्टा छुट्टै फोटो खिच्ने उल्लेख छ । यसअघि यो सुविधा एलजीको ‘भी फोरर्टी थिंक्यु’ स्मार्टफोनमा उपलब्ध थियो ।

– एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०