close

९९ ओटा फोनले गुगल म्याप बन्यो उल्लू

टेकपाना टेकपाना

माघ २०, २०७६ १५:४३

९९ ओटा फोनले गुगल म्याप बन्यो उल्लू

प्रविधि पनि त्यति धेरै विश्वासिलो छैन भन्ने कुरा एउटा हालै घटेको घटनाले पुष्टी गरेको छ । एकजना व्यक्तिले ९९ ओटा फोन प्रयोग गरेर गुगल म्यापलाई नै उल्लू बनाइदिएका छन् ।

बर्लिनका एकजना कलाकार सिमोन वेकार्टले युट्युबमा एउटा भिडियो पोस्ट गरेका छन् । जसमा उलने बर्लिनको एउटा सडकमा गुगल म्यापलाई ह्याक गरेर भर्चुअल ट्राफिक जाम गरेका छन् ।

यसका लागि वेकार्टले गुगल म्याप चलिरहेको ९९ ओटा फोनलाई एउटा ठेलामा राखेका थिए । त्यसपछि उनले ती ९९ ओटा मोबाइल राखिएको ठेलालाई बर्लिनका विभिन्न सडकमा घुमाए । उक्त ठेलालाई गुगलको कार्यलय बाहिर पनि डुलाइएको थियो ।

त्यसरी डुलाईको ठेलामा रहेका फोनहरुले गुगल म्यापलाई नै झुक्याइ दिएको थियो । सबै फोन एउटै ठेलामा भएको कारण ट्राफिक जाम धेरै भएकाले गाडीहरु सुस्त हिडीरहेको भन्ने भ्रममा गुगल म्याप परेका थिए ।

परिणामस्वरुप नेभिगेसन एपले उक्त ठेला रहेको स्थानमा भर्चुअल ट्राफिक जाम देखाउन ग्रिन स्ट्रिट सिग्नललाई रेडमा बदलेको थियो ।

यस्तो कसरी सम्भव भयो ?

गुगल म्यापले ट्राफिक जाम पत्तो लगाउन तथा ट्राफिक जामको गति पत्तो लगाउन प्रयोगकर्ताको गुगल म्याप ब्राउजिङबाट निस्कने डेटालाई प्रयोग गर्छ । त्यहाँ देखिएको स्पिड, लोकेसन तथा अन्य क्राउडसोर्स डेटा र गुगलले निकालेको सडकको लाइभ ट्राफिक म्याप हेरेर ट्राफिक जामको अवस्था के छ भन्ने थाहाँ हुन्छ ।

वेकार्टले यसैको फाइदा उठाउँदै उक्त नेभिगेसन एपलाई झुक्याएका हुन् । परिणामस्वरुप उक्त रुट खाली हुँदा हुँदै पनि प्रयोगकर्ताले अन्य रुट प्रयोग गरेका थिए । तर गुगलले यस विषयमा वेकार्टसँग कुनै प्रक्रिया माग गरेको छैन ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०