close

सस्तो मूल्यमा नेपाली बजारमा नोकियाले सार्वजनिक गर्‍यो ‘नोकिया सी वान’

टेकपाना टेकपाना

माघ २१, २०७६ १२:१६

सस्तो मूल्यमा नेपाली बजारमा नोकियाले सार्वजनिक गर्‍यो ‘नोकिया सी वान’

काठमाडौं । नेपालको लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रालिले नेपाली बजारमा लो रेन्जको स्मार्टफोन ‘सी वान’ सार्वजनिक गरेको छ । ३६५ दिनको रिप्लेसमेन्ट सुबिधा भएको याे स्मार्टफानको बजार मुल्य ६ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

एक जीबी र्‍याम र १६ जीबी स्टोरेज रहेको फोनमा समान पाँच मेगापिक्सेलको फ्रन्ट र ब्याक क्यामरा रहेको छ । एन्ड्रोइड ९ पाईं गो संस्करणमा आधारित फोनमा मिडिया टेक हेलियो ए२२ चीपसेट प्रयोग गरिएको छ । २५ सय एमएएच ब्याट्री रहेको फोनमा दई ओटा सीम कार्ड लाग्छ ।

थ्रीजी सपोर्ट गर्ने नोकिया सी वानमा एफएम रेडियो र वाइफाई लगायतका सुविधा छन् । साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३६५ दिनको ग्यारेन्टी सुबिधा दिइरहेको छ । गुणस्तरीय, बलियो र आकर्षक हुने भएकाले नोकियाका फोनहरु ग्राहको रोजाइमा पर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०