close

नेपाल टेलिकमको मिसकल अलर्ट निःशुल्क, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

माघ २०, २०७६ १९:३८

नेपाल टेलिकमको मिसकल अलर्ट निःशुल्क, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले मिसकल अलर्ट सुविधा निःशूल्क बनाएको छ । यससँगै टेलिकमका मोबाइल सेवाका प्रयोगकर्ताले मोबाइल अफ हुँदा तथा नेटवर्कले काम नगर्दाको समयमा सम्पर्कको प्रयास भएका कलकाे जानकारी निःशुल्क रुपमा सएमएसबाटै पाउने छन् ।

सेवा निःशुल्क गरिए पनि त्यसलाई सुचारु गर्न भने आवश्यक छ । त्यसका लागि *1400# डायल गरी कल गर्नुपर्ने हुन्छ । यस अलावा SUB MCA टाइप गरी १४०० मा एसएमएस पठाएर समेत यो सेवा शक्रिय बनाउन सकिन्छ । यो सेवा सुचारु गरिसकेका प्रयोगकर्ताले सेवा बन्द गर्न UNSUB MCA टाइप गरी १४०० मा एसएमएस पठाउनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०