close

सस्तो मूल्यमा प्रिमियम फिचर सहितको पोको एक्सटु सार्वजनिक

टेकपाना टेकपाना

माघ २२, २०७६ ११:४७

सस्तो मूल्यमा प्रिमियम फिचर सहितको पोको एक्सटु सार्वजनिक

मोबाइल निर्माता साओमीले पोको एक्सटु सार्वजनिक गरेको छ । ए‍‍‍….गलत, पोकोले रेड्मी केथर्टी सार्वजनिक गरेको छ । जे भने पनि, पोको एक्सटु सार्वजनिक भएको छ । पोकोफोन एफ वान पछिको पहिलो फोनको रुपमा सार्वजनिक भएको पोको एक्सटु साओमीको रेडमी केथर्टीको ‘कपी क्याट’ को रुपमा आएको उल्लेख गरिएको छ ।

डिजाइन र फोनमा प्रयोग भएको प्रविधिका हिसाबले पोको एक्सटु साओमीको केथर्टी जस्तै रहेको छ । साओमीको केथर्टी अघिल्लो महिनामात्रै सार्वजनिक भएको स्मार्टफोन हो । अघिल्लो महिनाबाट छुट्टै ब्राण्डको रुपमा आएको पोकोले यो स्मार्टफोनबाट विश्व बजारमा साओमी लगायतका ब्राण्डसँग प्रतिस्पर्धा गर्ने पक्का छ ।

६.६७ इञ्चको फुल एचडी डिस्प्लेका साथमा आएको फोनमा क्वालमक स्न्यापड्रागन ७३० जी अक्टाकोर प्रोसेसर रहेको छ । ६ र ८ जीबी र्‍यामको विकल्पमा आएको फोनमा ६४, १२८ र २५६ जीबी इन्टरनल मेमोरी रहेको छ ।

फोनमा ८ मेगा पिक्सेलको प्रिमियर क्यामरा रहेको छ । जसमा वाइड एंगल १२० डिग्री सेन्सर, २ मेगा पिक्सेलको माइक्रो सेन्सर र दुई मेगा पिक्सेलकै डेप्थ सेन्सर रहेको छ । अगाडि भागमा २० मेगा पिक्सेलको क्यामरा राखिएको छ भने साथमा दुई मेगापिक्सेलको डेप्थ सेन्सर पनि छ ।

४५ सय एमएएच ब्याट्री क्षमताका साथमा आएको फोनमा फास्ट चार्जिङको लागि २७ वाट फास्ट चार्जिङ प्रदान गरिएको छ । जसको मूल्य भारतीय बजारमा १५ हजार ९ सय ९९ बाट सुरु भएर १९ हजार ९ सय ९९ भारतीय रुपैयाँ छ । यो फोन फेब्रुअरी ११ बाट अनलाइन सपिङ फ्लिपकार्टमा उपलब्ध हुनेछ बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०