close

टेलिकमले फेर्यो वेबसाइटको ‘लुक्स’, वेबसाइटबाटै डेटा र भोइस प्याक खरिद गर्न सकिने

टेकपाना टेकपाना

माघ २२, २०७६ १०:२७

टेलिकमले फेर्यो वेबसाइटको ‘लुक्स’, वेबसाइटबाटै डेटा र भोइस प्याक खरिद गर्न सकिने

नेपाल टेलिकमले आफ्नो १६ औं बार्सिकोत्सवको अवसर पारेर आधिकारिक वेबसाइटको डिजाइनमा व्यापक परिवर्तन गरेको छ । www.ntc.net.np डोमेन रहेको कम्पनीको वेबसाइट पहिलेभन्दा निकै सफा र राम्रो देखिन्छ ।

परिवर्तित वेबसाइटमा ग्राहकले सजिलै जानकारी लिन सक्ने गरि होम पेजमै सूचना राखिएका छन । वेबसाइटबाटै डेटा र भोइस प्याक खरिद गर्न सकिने सुविधा नयाँ वेबसाइटमा झन सहज भएको छ । यसरी प्याक खरिद गर्दा मोबाइल ब्यालेन्सबाटै घट्ने गर्छ । यो प्रक्रिया निकै सामान्य बनाइएको छ ।

कम्पनीले उपलब्ध गराउने बोनस लगायत अन्य व्यावसायिक सुचना सम्म सहजै पहुच राख्न सक्ने विशेषता नयाँ वेबसाइटमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०