close

सीडीएमए सेवा बन्द गर्दै टेलिकम

टेकपाना टेकपाना

माघ २२, २०७६ १३:२४

सीडीएमए सेवा बन्द गर्दै टेलिकम

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षभित्र सीडीएमए सेवा बन्द गर्ने बताएको छ । फोरजी सेवाको विस्तारसँगै सीडीएमए प्रयोगकर्तालाई क्रमशः फोरजीमा रुपान्तरण गरेर यो सेवा बन्द गर्ने टेलिकमको योजना छ ।
कम्पनीको १६ औं वार्षिकोत्सव समारोहमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सीडीएमए सेवा बन्द गर्ने विषयमा बताएका हुन् ।


कम्पनीले सीडीएमए सेवा बन्द गर्दा वायरलेस सेवामा एकरुपता आउने र स्पेक्ट्रमको बचत हुनेछ । विश्वभरी नै यो सेवा क्रमशः बन्द हुदैँ गईरहेको अवस्थामा नियामक निकायसँगको सहकार्यमा कम्पनीले यो सेवालाई फोरजीमा रुपान्तरण गरी बन्द गर्न लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०