close

म्यासेन्जर किड्समा अपडेट, अभिभावकले बालबालिकाको हिष्ट्री हेर्न सक्ने

टेकपाना टेकपाना

माघ २३, २०७६ ९:१८

म्यासेन्जर किड्समा अपडेट, अभिभावकले बालबालिकाको हिष्ट्री हेर्न सक्ने

सामाजिक सञ्जाल फेसबुकले बालबालिकाको लागि छुट्टै म्यासेन्जर व्यवस्था गरेको केही वर्ष भइसकेको छ । बालबालिकाको लागि तयार गरिएको म्यासेन्जर किड्स विशेषगरी अभिभावकले नियन्त्रण गर्न सकून भनेर तयार पारिएको हो ।

फेसबुक एपको प्यारेन्ट ड्यासबोर्डको माध्यमबाट अभिभावकले म्यासेन्जर किड्सको नियन्त्रण गर्न सक्छन् । म्यासेन्जर किड्सको नयाँ अपडेटमा भने अब बालबालिकाले के-के चलाए भनेर हेर्ने सुविधा पनि हुने फेसबुकले जनाएको छ ।

म्यासेन्जर किड्समा रहेको हिस्ट्री र रिसेन्ट फोटोहरु पनि अभिभावकले आफ्नो फेसबुक एपको माध्यमबाट हेर्न सक्ने छन् । अनलाइनमा बालबालिकाहरुलाई दुर्व्यवहार हुन नदिन फेसबुकले म्यासेन्जर किड्स ल्याएको हो । फेसबुकले डिसेम्बर २०१७ मा म्यासेन्जर किड्स सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०