close

इन्स्टाग्रामको जस्तै डिजाइन बनाउँदै टिकटक

टेकपाना टेकपाना

माघ २३, २०७६ १७:४१

इन्स्टाग्रामको जस्तै डिजाइन बनाउँदै टिकटक

पछिल्लो समय टिकटक सबैभन्दा धेरै प्रयोगकर्ता कमाउने एप हो । छोटो भिडियो बनाएर सेयर गर्ने एपको लोकप्रियता यति छ कि धेरै देशमा त यसलाई प्रतिबन्ध गर्नुपर्ने आवाज नै उठेको छ ।

विशेषगरी युवायुवती यो एपप्रति धेरै आकर्षित भएका छन् । यो गत वर्ष सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा अग्रपंक्तीमा छ ।

यसैसाता लिक भएको टिकटकको नयाँ डिजाइन अनुसार आगामी केही समयमै यो इन्स्टाग्रामको जस्तै स्वरुपमा आउँदैछ । टिकटकको यूजर प्रोफाइल इन्स्टाग्रामसँग मिल्दोजुल्दो देखिएको हो ।

टिकटकले पनि आधिकारीक रुपमा नै डिजाइन परिवर्तन गर्न लागेको बताइसकेको छ । आफ्नै खाले डिजाइन र स्वरुपका कारण लोकप्रिय बनेको टिकटक इन्स्टाग्रामजस्तो डिजाइनमा आएपछि प्रयोगकर्ताको के प्रतिक्रिया आउँछ त्यो भने हेर्न बाँकी नै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०