close

सेयर घटेपछि गुगल रहेन ट्रिलियन डलर कम्पनी

टेकपाना टेकपाना

माघ २३, २०७६ १५:६

सेयर घटेपछि गुगल रहेन ट्रिलियन डलर कम्पनी

केही साता अघि गुगलको मातृ कम्पनी अल्फावेट १० खर्ब डलर बजार मूल्य भएको चौथो अमेरिकी कम्पनी बनेको थियो । एप्पल, माइक्रोसफ्ट र अमेजनपछि १० खर्ब डलरको कम्पनी बनेको अल्फावेट केही सातामै यो स्थानबाट ओर्लिएको हो ।

अल्फावेटको सेयर मूल्य ४ प्रतिशतले घटेपछि कम्पनीले १० खर्ब डलरको बजार मूल्यको स्थान गुमाउन पुगेको छ । १० खर्ब डलरको स्थानबाट तल झरेको अल्फावेट पहिलो कम्पनी भने होइन । यसअघि १० खर्ब डलरको स्थानमा उक्लिएका अन्य अमेरिकी कम्पनीको पनि बजार मूल्य घटबढ भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०