close

सबैभन्दा धेरै रकमको सफ्टवेयर निर्यात गर्नेमा योमरी, सरकारबाट सम्मान पाउने

टेकपाना टेकपाना

माघ २३, २०७६ १२:१४

सबैभन्दा धेरै रकमको सफ्टवेयर निर्यात गर्नेमा योमरी, सरकारबाट सम्मान पाउने

सफ्टवेयर निर्माता कम्पनी एल आई एस नेपालले सरकारबाट महत्वपूर्ण व्यावसायिक व्यक्ती सम्मान प्राप्त गर्ने भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्न सफल उक्त कम्पनीलाई सम्मान गर्न लागेको हो ।

केन्द्रले यससँगै दुई दर्जन अन्य कम्पनीलाई पनि सम्मान गर्न लागेको हो । छनोट भएका कम्पनीमा बस्तुगत निर्याततर्फ सबैभन्दा धेरै निर्यात गर्नेदेखी धेरै रोजगारी दिने र धेरै विदेशी मुद्रा भित्र्याउने कम्पनी छन ।

यसबाहेक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेस्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरलाई समेत वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक काम गरि आर्थिक विकासमा योगदान पुर्‍याएको भन्दै केन्द्रले सम्मान गर्न लागेको हो ।

छनोट भएका सबै व्यक्तिलाई आगामी मंगलबार राष्ट्रीय सभा गृहमा आयोजना हुने कार्यक्रममा सम्मान गरिनेछ । एल आई एस नेपाल योमरी ग्रुप अफ कम्पनीकाे एउटा पार्ट हाे । जुन सफ्टवेयरकाे आउटसाेर्सीङकाे काम गर्दै आएकाे छ । यसका प्रबन्ध सन्चालक दिपेश प्रधान सम्मानित हुनेछन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०