close

सस्तो मूल्यमा प्रशस्त स्टोरेज क्षमता भएको ह्वावे वाई सिक्स एस

टेकपाना टेकपाना

माघ २३, २०७६ १३:२९

सस्तो मूल्यमा प्रशस्त स्टोरेज क्षमता भएको ह्वावे वाई सिक्स एस

काठमाडौं । ह्वावेले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई सिक्स एस सार्वजनिक गरेको छ । ६.०९ ईन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र प्रशस्त मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको छ ।

सस्तो मूल्यमा बजारमा आएको फोनमा ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज क्षमता रहेको छ । साथै यसले ५१२ जीबीको मेमोरी कार्ड सर्पोट गर्नेछ । फोन २.३ जीएचजेड लार्ज कोरसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा आधारित रेहको छ ।

फोनले ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड समेत गर्नेछ ।

फोनमा १३ एमपी रियर क्यामरा रहेको छ । साथै त्यसमा एफ १.८ अपाचारको लेन्स प्रदान गरिएको छ । जसको मद्धतले उत्कृष्ट फोटो खिच्न सकिने उल्लेख गरिएको छ । जुन यो रेन्जमा रहेका अन्य बजेट फोनहरू भन्दा निकै उत्कृष्ट क्षमता पनि हो ।

ह्वावे वाई सिक्स एसमा ८ एमपीको फ्रन्ट क्यामरा रहेको छ । स्क्रीन लाईटयुक्त यस स्मार्टफोनमा फोटोग्राफीका हिसाबले सबैभन्दा अनुपयुक्त अवस्थामा पनि क्यामराको क्षमतालाई बढाई उत्कृष्ट फोटो खिच्ने गर्दछ ।

३०२० एमएएच ब्याट्री रहेको ह्वावे वाई सिक्स एसमो एआई पावर सेभिङ टेक्नोलोजी छ । जसले ब्याट्री लाईफलाई टिकाउ बनाउँ कम्पनीले जनाएको छ । फोनमा स्मार्टफोनमा भएको फेस अनलकिङ र फिंगर प्रिन्ट सुविधाले प्रयोगकर्ताको सुचनालाई सुरक्षित बनाउने छ । जसको बजार मूल्य १४ हजार नौं ९० रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०