close

म्यासेन्जरमा पठाएको म्यासेज दुबैतिर डिलिट गर्नसक्नु भएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ २४, २०७६ १२:५३

म्यासेन्जरमा पठाएको म्यासेज दुबैतिर डिलिट गर्नसक्नु भएन ? यसो गर्नुहोस्

तपाईंले म्यासेञ्जर प्रयोग गर्दा कहिले काँही झुक्किएर गलत ठाउँमा म्यासेज गर्नु भएको होला । त्यस्तो म्यासेजलाई हटाउनका लागि तपाईंलाई ‘रिमुभ’ अप्सन फेसबुकले दिएकै छ ।

फेसबुकले रिमुभ अप्सन दिएको भएतापनि कतिपय अवस्थामा तपाईंले साथिलाई पठाएको म्यासेज रिमूभ गर्दा पनि तपाईं तर्फको मात्र हट्छ । तर साथीको च्याटबक्समा भने त्यो म्यासेज रिमुभ हुँदैन ।

फेसबुकले दुबै तिर म्यासेज रिमुभ गर्ने सुविधाका लागि निश्चित समय सीमा दिएको छ । म्यासेज पठाएको केही समय भित्र रिमुभ गरेको खण्डमा त्यो म्यासेज दुबैतिर रिमुभ हुन्छ । तर अर्कोतर्फ साथिले म्यासेज हेरिसकेको छ भने म्यासेज दुबै तर्फ रिमूभ हुँदैन ।

तर तपाईंलाई दुबै तर्फ म्यासेज रिमुभ नगरी नहुने अवस्था छ भने त्यसको विकल्प फेसबुकले दिएको छैन् । तर, मोबाइल सेटिङबाट भने त्यो सम्भव छ । त्यसको सहज उपाय आज हामी यहाँ तपाईंहरुलाईं बताउन गइरहेका छौँ ।

त्यसका लागि सबैभन्दा पहिले तपाईं आफ्नो मोबाइलको सेटिङमा जानुहोस् । त्यसभित्र एप म्यानेजमेन्ट भन्ने अप्सन रहेको छ । त्यसमा क्लिक गर्नुहोस् । एप म्यानेजमेन्टभित्र जाँदा तपाईंले आफ्नो फोनमा भएका सम्पुर्ण एपहरुको सूची पाउनुहुनेछ ।

त्यसमध्ये म्यासेन्जर एपलाई छनौट गर्नुहोस् र त्यहाँ भित्र प्रवेश गर्नुहोस् । त्यहाँ तपाईले एउटा ‘फोर्स स्टप’ भन्ने अप्सन देख्नुहुनेछ । फोर्स अप्सनलाई इनेबल गर्नुहोस् । अब पुनः आफ्नो म्यासेन्जरमा गएर रिमूभ गर्न चाहेको म्यासेजको मिति र समय जाँच गर्नुहोस् ।

अप त्यसलाई टिप्नुहोस् र पुनः अघिकै एप सेटिङमा फर्किनुहोस् । तपाईंले डेट र टाइम चेक गर्दा म्यासेन्जर एप खोलेको हुनाले पुनः माथिकै प्रक्रिया अपनाएर म्यासेञ्जर एपलाई पुनः ‘फोर्स स्टप’ गर्नुहोस् । त्यसपछि सेटिङमा भित्र ‘डेट एण्ड टाइम सेटिङ’ मा जानुहोस् ।

त्यहाँ गएर डेट एण्ड टाइमलाई म्यासेज पठाएको डेट र टाइममा सेट गर्नुहोस् । त्यसपछि तपाईंको डिभाइसको टाइम र डेट नै म्यासेज पठाएको डेट एण्ड टाइममा सेट हुन्छ ।

अब तपाईं म्यासेञ्जर एपमा गएर त्यो पुरानो म्यासेजलाई रिमुभ गर्नुहोस् । तपाईंले त्यहाँ रिमुभ फर एभ्रिवान अप्सन देख्नुहुनेछ । त्यसको प्रयोग गरेर आफूले पठाएको म्यासजे डिलिट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०