close

एनसेलको ‘भ्यालेन्टाइन अफर’, १८ पैसामै कल गर्न सकिने

टेकपाना टेकपाना

माघ २३, २०७६ १८:२८

एनसेलको ‘भ्यालेन्टाइन अफर’, १८ पैसामै कल गर्न सकिने

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘भ्यालेन्टाइन’ लक्षित नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले प्रिपेड ग्राहकलाई भ्यालेन्टाइन अवधिमा सस्तो मूल्यमा कुराकानी गर्न पाउने गरी भ्वाइस अफर ल्याएको हो ।

‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत कम्पनीले ‘भ्यालेन्टाइन अफर’ ल्याइएको जनाएको छ । यो अफरमा ग्राहकले कर सहित १२७.६९ रुपैयाँमा सात सय मिनेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याक प्रयोग पाउने छन् । यस्तो प्याक एनसेल नेटवर्कमा प्रयोग गर्न सकिनेछ ।

यो योजना शुक्रबार (माघ २४) देखि लागु हुनेछ र ३ महिनासम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भ्यालेन्टाइनको अवसरमा सञ्चालनमा ल्याइएको यो अफर अन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।

यो योजनाको साप्ताहिक प्याक सुचारु गरेको ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । *१७११८*२*३# डायल गरी प्राप्त निर्देशनअनुसार प्याक सुचारु गर्न सकिने छ । भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्‍याउनुका साथै आफ्ना सम्बन्धलाई अझै प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास एनसेलले व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०