close

१४ वर्ष अघि यसरी सुरु भएको थियो फेसबुक

टेकपाना टेकपाना

माघ २३, २०७६ १९:४७

१४ वर्ष अघि यसरी सुरु भएको थियो फेसबुक

अहिलेको समयमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई फेसबुकको बारेमा थाहा नहुने कुरै भएन । मंगलबार मात्रै फेसबुकले आफ्नो १६ औँ जन्मदिन मनायो । कुनै समय फेसबुकका संस्थापक मार्क जुकरबर्ग सोच्थे- विश्वका लागि केही यस्तो (अहिलेको फेसबुक जस्तै) चिज बन्न जरुरी छ । तर त्यो चाहिँ उनी आफूले हैन, अरु कसैले बनाउने छ भन्ने सोचेका थिए ।    

फेसबुकको स्थापनाको कुरा गर्दा सन् २००४ मा हार्वर्ड विश्वविद्यालयको त्यो स्प्रिङ सेमेस्टरको कुरा जोडिन आउँछ । जहाँ फेसबुक डटकमको जन्म भएको थियो । वास्तवमा फेसबुक त्यो समय फ्रेन्डेस्टर नामक एउटा सामाजिक सञ्जाल एपको कार्बन कपि थियो । फ्रेन्डेस्टर एप सिलिकन भ्यालीमा आधारित सामाजिक सञ्जाल थियो, जुन सामाजिक सञ्जालको शुत्रधार साइट नै सावित भयो । त्यसबेला हार्वर्ड विश्वविद्यालयको अन्तिम सेमेस्टरमा अध्ययनरत मार्क जुकरबर्गको प्रोटोटाइप साइटको त्यो समय विश्वविद्यालयमा खूब चर्चा भयो । मार्क र उनका साथीहरुले फाइनल सेमेस्टर सकिएपछि सिलिकन भ्याली छिर्ने र समर सिजनमा देशभर फेसबुक रोलआउट गर्ने योजना बनाए । 

१० को दशकको सुरुवातमै जुकरबर्ग लगायत उनका साथीहरु सिलिकन भ्याली प्रवेश गरे । जुकरबर्गले कम्पनी त स्थापना गरे, तर त्यो समय जुगरबर्ग मात्र एउटा महत्वकांक्षी युवा विद्यार्थी थिए, जोसँग प्रविधिलाई लिएर जूनुन थियो । कम्प्युटरको सम्पूर्ण ज्ञान थियो तर व्यवसायिक रुपमा कसरी जाने भन्ने कुराको ज्ञान उनमा थिएन । वास्तवमा नेप्सटरमात्र त्यस्तो प्रविधि हो जुन व्यवसाय बनेको थियो । तर त्यो कुरा उनले बुझेका थिएनन् । 

त्यो समर सिजन उनको लागि भाग्यशाली सावित बन्यो । सिलिकन भ्याली छिरेपछि उनले त्यहाँका केही यस्ता खेलाडीहरुलाई चिन्ने मौका पाए, जसले उनको नाममात्रको कम्पनीको दिशा नै मोडिदिए । फेसबुकको सुरुवाती दिनको सांक्षी रहेका स्टिभिन जोन्सन भन्छन्, ‘फेसबुक त्यो बेला अक्षरसः एउटा पेज मात्र थियो । त्यसमा प्रयोगकर्ताको कुनै अवधारणा नै थिएन ।’

सुरुवाती दिनमा जुकरबर्गका दाहिने हात मानिने डस्टिन मोस्कोभिट्ज भन्छन्, ‘त्यो समय कुनै पनि व्यक्तिलाई उसको नामबाट उसको बारेमा थाहा पाउन सकिन्छ अनि उसको तस्विर हेर्न सकिन्छ भनेर सोच्नु असम्भव जस्तै नै थियो । हार्वर्डका सबै छात्रावासमा सबैको आफ्नै डाइरेक्टरी थिए, जसलाई उनीहरु फेसबुक भन्दथे । केही प्रिन्टेड फर्ममा थिए, केही अनलाइन फर्ममा थिए । पछि हामीले यो सबैको फेसबुक डाइरेक्टरीलाई एकीकृत गरेर अनलाइन भर्सन निकाल्यौँ र त्यसलाई छुट्टै बनाउने निर्णय गर्यौं ।’

जुकरवर्गका अनुसार फेसबुक बनेको केही हप्ताभित्रै हजारौं मानिसहरुले उक्त एपमा साइनअप गरे । ‘हामीलाई मानिसहरुले उनीहरुको विद्यालय र कलेजहरुमा फेसबुकसार्वजनिक गर्न भन्दै इमेल पठाउन थालेका थिए,’ उनी भन्छन् । 

एजेन्सीको सहयोगमा 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०