close

स्न्यापड्रागन ८६५ चिप भएको पहिलो स्मार्टफोन बन्यो जेडटीई एक्सोन

टेकपाना टेकपाना

माघ २४, २०७६ १७:५२

स्न्यापड्रागन ८६५ चिप भएको पहिलो स्मार्टफोन बन्यो जेडटीई एक्सोन

एजेन्सी । चिनियाँ मोबाइल निर्माता कम्पनी जेडटीईले स्न्यापड्रागन ८६५ युक्त पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । यससँगै उक्त कम्पनीले उच्च क्षमताको चिप प्रयोग गर्ने स्मार्टफोन निर्माता कम्पनीको रुपमा सामसङलाई पछि पारेको छ ।

सामसङले एस ट्वान्टीमा स्न्यापड्रागन ८६५ लाई प्रयोगमा ल्याउने र उक्त चिप प्रयोग गर्ने पहिलो फोन हुने दाबी गर्दै आएको थियो । तर, चिनियाँ कम्पनीले त्यसमा बाजी मारेको छ । जेडटीईले आफ्नो नयाँ स्मार्टफोन ‘एक्सोन टेनएस प्रो’ मा स्न्यापड्रागन ८६५ चिस प्रयोग गरेर सार्वजनिक गरेको हो ।

यो फोन कम्पनीको अघिल्लो उत्पादन एक्सोन टेन प्रोको तुलनमा खासै फरक भने छैन । फोनमा ६.४७ इञ्चको एमोलेड कर्भ्ड स्क्रिन रहेको छ । साथै स्मार्टफोनमा डिस्प्लेभित्रै फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिएको छ । त्यतिमात्रै नभएर फोनमा प्रयोग भएको क्यामरामा पनि कुनै परिवर्तन देखिएको छैन ।

फोनमा ४८ मेगापिक्सेलको मूख्य क्यामरा, २० मेगा पिक्सेलको वाइड एंगल लेन्स र ८ मेगा पिक्सेलको टेलिफोटो लेन्स गरी तिनओटा क्यामरा प्रयोग गरिएको छ । यसमा २० मेगा पिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

फाइभजी कनेक्टिभिटीका साथ आएको यो फोनमा १२ जिबी र्‍याम र दुई सय ५६ जीबीको आन्तरिक मेमोरी रहेको छ । यो फोन ६ जीब र्‍याम र १२८ जीबी इन्टरनल मेमोरीका साथमा पनि उपलब्ध हुने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०