close

अमेरिकी कम्पनी बिरुद्ध उसकै देशमा ह्वावेको पेटेन्ट मुद्दा

टेकपाना टेकपाना

माघ २६, २०७६ ११:५९

अमेरिकी कम्पनी बिरुद्ध उसकै देशमा ह्वावेको पेटेन्ट मुद्दा

एजेन्सी । चिनियाँ कम्पनी ह्वावेले अमेरिकी कम्पनी भिरोजन कम्युनिकेसन बिरुद्ध उसकै देशमा पेटेन्ट मुद्दा दायर गरेको छ । ह्वावेले अमेरिकाको जिल्ला अदालतमा भिरोजन बिरुद्ध प्याटेन्ट इन्फ्रेग्मेन्टका दुईओटा मुद्दा दर्ता गराएको हो । 

भिरिजोन कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेटवर्किङ, सेक्युरिटी तथा भिडियो कम्युनिकेसन सम्बन्धि १२ ओटा पेटेन्ट अधिकार अन्तर्गतका प्रविधिहरु प्रयोग गरेको भन्दै ह्वावेले उसका विरुद्ध जरिवाना माग गरेको छ । 

अदालतमा उक्त मुद्दा दर्ता गराउनु अघि ह्वावेले भिरिजोन कम्पनीसँग विभिन्न चरणमा वार्ताहरु समेत गरेको थियो । फेब्रुअरी २०१९ देखि गत जनवरी २१ सम्म विभिन्न चरणमा वार्ता गर्दा समेत दुबै कम्पनीहरु लाइसेन्समा सहमति नजिक पुग्न सकेनन् । 

पछिल्लो मुद्दाको बारेमा जानकारी दिँदै ह्वावेले एउटा प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । जसमा कम्पनीले प्रत्येक वर्ष आफ्नो आयको १० देखि १५ प्रतिशतसम्म रकम अनुसन्धान तथा विकासमा खर्च गर्दै आएको उल्लेख गरेको छ ।

वितेको एक दशकमा कम्पनीले उक्त क्षेत्रमा ७० अर्ब अमेरिकी डलर खर्च गरेको बताएको छ । यस्तै २०१८ मा मात्रै उसले १५ अर्ब अमेरिकी डलर अनुसन्धान तथा विकासमा लगानी गरेको छ । 

फलतः ह्वावेले विश्वभर ८० हजारभन्दा धेरै पेटेन्ट अधिकार आफ्नो नाममा दर्ता गराएको छ । जसमध्ये अमेरिकामा मात्र उसका दश हजार पेटेन्ट अधिकार दर्ता भएका छन् । 

आफ्नो रिटमा ह्वावले आफ्नो पेटेन्ट प्रयोग गरेर भिरिजोनले ठूलो मुनाफा आर्जन गरेको दाबी गरेको छ । भिरिजोन कम्युनिकेसनले २०१८ मा मात्र आफ्नो वायरलाइन डिभिजनबाट २९.८ अर्ब अमेरिकी डलरको कमाई गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०