close

असुस जेनबुक सिरिजका ल्यापटप नेपाली बजारमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

माघ २६, २०७६ १२:४१

असुस जेनबुक सिरिजका ल्यापटप नेपाली बजारमा, कति छ मूल्य ?


काठमाडौं । असुसले आफ्नो बहु प्रतिक्षित सिरिज जेनबुकका ल्यापटप नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले जेनबुक प्रो डुओ (यूएक्स ५८१), जेनबुक डुओ (यूएक्स ४८१) सहित चार ल्यापटप एकसाथ नेपाली बाजारमा ल्याएको हो ।

भविष्यका कम्प्युटर जस्तो महत्वाकांक्षी नारा सहति ल्याइएका ल्यापटपमा स्टनिंग नयाँ डिजाइन, किबोर्डका साथमा सेकेण्डरी टचस्क्रिन समेत राखिएको छ । डिजिटल प्रयोगकर्ता, सिर्जनात्मक काम गर्नेहरु, कन्टेन्ट निर्माता, सम्पादक, गेमर, र व्यवसायिक प्रयोजनका लागि आफ्ना ल्यापटप उपयोगी रहेको कम्पनीले जनाएको छ ।

ल्यापटपमा नयाँ स्क्रिन प्याड २.० पनि समावेश छ । कार्यक्षमता विस्तार गर्न जेनबुक प्रो डुओमा फुल वाइड फोरके असुस स्क्रिन प्याड प्लस राखिएको छ । जसले सहजरुपमा फोरके यूएचडी ओलेड डिस्प्लेमा काम गर्छ । जेनबुक डुओमा भने फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रिन प्याड प्लस राखिएको छ । जसले १०८० पिक्सेल फूलएचडी एलसीडी डिस्प्लेमा सहज किसिमले काम गर्न सघाउँछ ।

ल्यापटपमा भएको इनब्युल्ट एपहरुले प्रयोगकर्ताको कार्यक्षमतालाई थप सहज र विस्तारित बनाउने कम्पनीको दाबी छ । यसमा रहेको क्वीक कीले जटिल कीबोर्ड सिक्वेन्सहरुलाई एकै ट्यापमा सहज बनाउने बताइएको छ भने हातले लेखेर, त्यसलाई ल्यापटपमा रहेको फण्टमा रुपान्तरण गर्न सकिन्छ ।

एप स्वीचर, भ्युम्याक्स र टास्क स्वाइप जस्ता थप अरु क्वीक कन्ट्रोलहरु पनि छन् । टास्क ग्रुपले प्रयोगकर्तालाई एउटै टचमा विभिन्न टास्कहरु गने वर्क मोड उपलब्ध गराउँछ । जसबाट कुनैपनि विण्डोज एप अथवा इन एप टूलबारलाई स्क्रीनप्याड प्लसमा ल्याउन सकिन्छ । यसले गर्दा मुख्य डिस्प्लेमा पर्याप्त मात्रामा स्थान उपलब्ध हुन्छ ।

स्टनिङ डिस्प्ले

जेनबुक प्रो डुओमा फोरके यूएचडी नानोएज ओलेड एचडीआर डिस्प्ले राखिएको छ । यसको चारै कुनामा फ्रेम रहित डिजाइनका साथ अल्ट्रा स्लीम बजल्सहरु रहेका छन् ।

ओएलईडी टचस्क्रिनले अल्ट्रा भिभिड कलरहरु र डिप ब्ल्याक्सहरु देखाउँछ, जहाँ सिनेमा ग्रेड शतप्रतिशत डीसीआई पीथ्री कलर गामुट र १००,०००ः१ कन्ट्रास रेसियो रहेको छ । स्क्रीन टू बडि रेसियोलाई ८९ प्रतिशत छ ।

यसैगरी जेनबुक डूओमा रहेको एफएचडी नानोएज डिस्प्ले सहित ल्यापटपको चारै कुनामा फ्रेम रहित डिजाइन र ९० प्रतिशतको स्क्रिन टू बडि रेसियो छ ।

पर्फर्मेन्स

जेनबुक प्रो डुओमा इन्टेलको नवौं पुस्ताको इन्टेल कोर आई नाइन कोर प्रोसेसर छ । गेमिङका लागि एनभीडीया जीफोर्स आरटीएक्स २०६० ग्राफिक्स रहेको यो ल्यापटपमा मल्टिलेयर फोटो तथा भिडियो एडिटिङ, थ्रीडी ग्राफिक्स रेण्डरिङ्ग, गेम लाइभ स्ट्रीमिङको सुविधा पनि छ ।

पछिल्लो दशौं पुस्ताको इन्टेल कोर आई सेभेन १०५१० यू प्रोसेसर राखिएको जेनबुक डुओमा एनभिडिआ जीफोर्स एमएक्स २५० ग्राफीक्स प्रयोग गरिएको छ ।

फास्ट कनेक्टिभिटी

जेनबुक प्रो डुओले पछिल्लो थण्डरबोल्ट थ्री यूएसबी टाइप सी पोर्टका साथमा डोङ्ल बिनाकै कनेक्टिभिटी उपलब्ध गराउँछ । गीग प्लसका साथमा पछिल्लो इन्टेल वाईफाई सिक्सले वायरलेस स्पीड तीब्र बनाउँछ ।

जेनबुक डुओमा दुईवटा यूएसबी ३.१ जेनेरेशन र २ ओटा यूएसबी टाइप सी पोर्टहरु छन् । जसले फोरके डिप्लेलाई १० जीबीपिएससम्मको डाटा ट्रान्सफर स्पीड उपलब्ध गराउँछ ।

एसेसरिज

दुबै ल्यापटपको साथमा एउटा स्टायलस र सहज रुपमा हेर्नको लागि ल्यापटप स्ट्याण्ड प्राप्त हुन्छ ।
जेनबुक १३ मा आठौँ पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर सीपीयू, एनभिडिया जीफोर्स एमएक्स २५० ग्राफिक्स, १६ जीबी र्याम र अल्ट्राफास्ट १ टेराबाईटको एसएसडी र गीगाबाइट श्रेणीको वाईफाई सिक्स रहेको छ ।

नयाँ असुस जेनबुक १४ (यूएक्स४३४) र जेनबुक १५ (यूएस५३४) भने नयाँ समयको पातलो, हलुका र कम्प्याक्ट ल्यापटपहरुको रुपमा आएको छ । जसमा चारै कुनामा फ्रेमलेस नानोएज डिस्प्ले छ । स्क्रिन टू बडि रेसियो ९५ प्रतिशतसम्म रहेका १० औं पुस्ताका यी दुबै ल्यापटपहरु माइक्रोसफ्ट एच एण्ड एसका साथमा उपलब्ध छ ।

इन्टेल कोर आई सेभेन क्वाड कोर सीपीयू, एनभिडिआ जीफोर्स जीटिएक्स १६५० म्याक्स क्यू ग्राफीक्स (जेनबुक १५) अथवा जीफोर्स एमएक्स२५० (जेनबुक १३ र १४) १६ जीबी र्याम, अल्ट्रा फास्ट १ टिबीको एसएसडी र गीगाबाइट क्लासको वाईफाई सिक्स यी ल्यापटपमा छ ।

मूल्य

नेपाली बजारमा जेनबुक प्रो डुओ (यूएक्स५८१) को मूल्य तीन लाख ५९ हजार, जेनबुक डुओ(यूएक्स४८१) को एक लाख ९५ हजार, जेनबुक १५ (यूएक्स५३४) को मूल्य एक लाख १९ हजार रुपैयाँ र जेनबुक १४ (यूएक्स४३४) को मूल्य ८९ हजार रुपैयाँ रहेको छ । सबै ल्यापटप २६ माघदेखि नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०