close

ढल निर्माणका क्रममा केबल काटिँदा भक्तपुरमा टेलिकमको सेवा अवरुद्ध

टेकपाना टेकपाना

माघ २६, २०७६ १४:१४

ढल निर्माणका क्रममा केबल काटिँदा भक्तपुरमा टेलिकमको सेवा अवरुद्ध

नेपाल टेलिकमको भक्तपुर कार्यालय अन्तरगतको टेलिफोन तथा एडीएसएल सेवा अवरुद्ध भएको छ । ढल निर्माणका लागि पाइप राख्ने क्रममा भुमिगत केबल क्षति हुँदा त्यस क्षेत्रको सेवा अवरुद्ध हुन पुगेको कम्पनीले जनाएको छ ।

सूर्यविनायक माताको मन्दीर कटुञ्जे परियोजनामा रहेका क्याविनेट २५, ५६ र ५७ को अण्डरग्राउण्ड केबल पूर्ण रुपमा क्षति भएको छ । कम्पनीका अनुसार उक्त क्षेत्रमा कम्पनीको पूर्वाधार संरचना मर्मत गरी सेवा सञ्चालन गर्न केही समय लाग्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०