close

डिसहोमले पायाे आईएसपीको लाइसेन्स, अब देशभर इन्टरनेट सेवा विस्तार गर्ने

टेकपाना टेकपाना

माघ २६, २०७६ १५:३२

डिसहोमले पायाे आईएसपीको लाइसेन्स,  अब देशभर इन्टरनेट सेवा विस्तार गर्ने

काठमाडौं । स्याटेलाइट प्रविधिमार्फत देशभर डिजिटल टेलिभिजन पहुँच सम्भव बनाएको कम्पनी डिसहोमले अब त्यसैगरी इन्टरनेट सेवा समेत दिने भएको छ । त्यसकालागि डिसहोमले इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैंठकले डिसहोमलाई इन्टरनेट सेवा प्रदान गर्नका लागि लाइसेन्स दिएको हो । यो सँगै अब डिसहोमले देशभर इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार यहि हप्ताबाट इन्टरनेटको परिक्षण सुरु गरिनेछ । त्यसकालागि सिमित ग्राहकलाई इन्टरनेट प्रदान गरेर उनिहरुबाट आएको प्रतिक्रियाका आधारमा अबको दुई/तीन हप्ताभित्र यसको व्यवसायीक सुरुवात गरिने छ ।

‘त्यसका लागि हामी प्राविधिक रुपमा सक्षम छौँ’, आचार्य भन्छन, ‘हामीले स्याटेलाइट इन्टरनेटका लागि इजरायली स्याटेलाइट कम्पनी स्पेस कम्युनिकेशनसँग सम्झौता समेत गरिसकेका छौं । सहरी क्षेत्रका ग्राहकलाई अप्टिकल फाइबर र ग्रामीण एवम् दुर्गम क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने तयारी भएको छ ।’

फाइबर नेटलेमात्रै सबै ग्राहकलाई समेट्न नसकिने भएकाले स्याटेलाइट इन्टरनेट समेत दिने योजना बनाएका उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०