close

टेलिकमको विन्टर अफरमा सस्तो भ्वाइस र डेटा

टेकपाना टेकपाना

माघ २६, २०७६ १७:४

टेलिकमको विन्टर अफरमा सस्तो भ्वाइस र डेटा

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहित विन्टर अफर सार्वजनिक गरेको छ । टेलिकमले यसअघि उपलब्ध अटम अफर अन्तर्गतका सेवामा थप सुविधा सहित नयाँ प्याकेज ल्याएको हो । उपलब्ध अफर जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइल सबैमा प्रयोग गर्न सकिने छ ।

अल टाइम डाटा प्याक

अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँ देखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यसको समयअवधि १ दिन देखि २८ दिनसम्म हुनेछ ।

डे डाटा प्याक

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा दुई सय एमबी डाटा प्रयोग गर्न सकिने भएको छ । साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने उल्लेख छ ।

नाइट डाटा प्याक

बेलुकी ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक अन्र्तगत टेलिकमले १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने बनाएको छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध छ ।

सोसल मिडिया प्याक

सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

युट्युब (स्ट्रिमिङ) डाटा प्याक

युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधि भएको विभिन्न प्याक टेलिकमले जनाएको छ । यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिनेछ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ ।

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ । त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ ।

पोष्टपेड प्याक

जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ । यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिनेछ ।

बिग डाटा प्याक

नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ । यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ ।

कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफर भने विन्टर अफरमा पनि यथावत् रहेको टेलिकमले जनाएको छ । त्यतिमात्रै नभएर पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनस उपलब्ध गराउने भएको छ । उल्लेखित प्याकेज प्रयोग गर्नकालागि *१४१५# मा डायल गर्न सकिने छ ।

अवथा कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी कम्पनीको वेबसाइटमा समेत यसबारे जानकारी उपलब्ध रहेको छ । यो अफर कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०