close

यस्ताे छ, भ्यालेन्टाइन गिफ्ट बन्न सक्ने ओप्पो एनाइन

टेकपाना टेकपाना

माघ २६, २०७६ १७:४१

यस्ताे छ, भ्यालेन्टाइन गिफ्ट बन्न सक्ने ओप्पो एनाइन

काठमाडौं । भ्यालेन्टाइन डे नजिकिँदै छ । आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने दिनका रुपमा यसकाे महत्व छ । साथी-भाई, आमा–बुबा, प्रेमी–प्रेमिका लगायतले यस दिनमा उपहार आदान प्रदान गरी आफ्ना भावना व्यक्त गर्ने चलन रहँदै आएको छ ।

पछिल्लो समय उपहारका रुपमा मोबाइल फोन दिने प्रचलन पनि बढ्दो छ । यस परिपाटीमा अहिले बजारमा निकै लोकप्रिय ४८ एमपी क्वाड क्यामेरा भएको ओप्पो एनाइन २०२० उपहारका लागि एउटा विकल्प हुनसक्छ ।

४८एमपी मुख्य क्यामेरा प्लस ८एमपी अल्ट्रा(वाइड लेन्स प्लस २एमपी मोनो लेन्स प्लस २ एमपी पोट्रेट लेन्स सहितको क्वाड क्यामेरा सेटअप रहेको फोनमा अल्ट्रा नाइट मोड २.० रहेको छ ।

वाटरड्रप स्क्रिन प्रयोग गरिएको फोनमा ६.५ ईञ्चको फुल एचडी स्क्रिन रहेको छ । सुरक्षाको लागि कोर्निङ गोरिल्ला ग्लास थ्री प्लस रहेको छ । ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म प्रयोग गरिएको फोनमा स्न्यापड्रागन ४५० प्रयोग गरिएको छ ।

१२८ जीबी इन्टरनल मेमोरी रहेको फोनले २५६ जीबीको मेमोरी सपोर्ट गर्ने छ । ५००० हजार एमएएच क्षमताको ब्याट्री रहेको फोनले रिभर्स चार्जिङ समेत सपोर्ट गर्ने कम्पनीले जनाएको छ । जसकाे बजार मूल्य ३३ हजार पाँच सय ९० रुपैयाँ रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०