close

ई–सेवा र फिनलिट मिलेर देशभर वित्तीय साक्षरता कार्यक्रम गर्दै

टेकपाना टेकपाना

माघ २६, २०७६ १८:४६

ई–सेवा र फिनलिट मिलेर देशभर वित्तीय साक्षरता कार्यक्रम गर्दै

काठमाडौं । ई–सेवाले मुलुकका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमका लागी फिनलिट नेपालसँग सहकार्य गरेको छ । जसअन्तरगत फिनलिटले स्थानीय स्तरमा वित्तीय संस्था, वित्तीय संस्थाको महत्व र उनीहरूले प्रदान गर्ने सेवा लगायतका वित्तीय साक्षरता सम्बन्धी मुलुकका विभिन्न स्थानमा कक्षा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा ई–सेवाका सिओओ रोशन लामिछाने र फिनलिट नेपालका प्रबन्ध निर्देशक गौरव थापाबीच हस्ताक्षर भएको छ । इसेवाले सामाजिक उत्तरदायित्व अन्तरगत नीजि क्षेत्रका तर्फबाट वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने उदेश्यले यो कार्यक्रम अगाडी बढाएको जनाएको छ ।

ई–सेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०