close

नेपालको इन्टरनेट विश्वकै महँगो

टेकपाना टेकपाना

माघ २७, २०७६ ११:२६

नेपालको इन्टरनेट विश्वकै महँगो

काठमाडौं । नेपालको इन्टरनेट विश्वमै महँगो मध्यको एक भएको अनुसन्धानले जनाएको छ । द एलियन्स अफ अफोर्डेबल इन्टरनेट (एफोरएआइ) को अध्ययन प्रतिवेदन अनुसार विश्वमा महंगो इन्टरनेट चालनउनेमा गरिब मुलक अघि रहेको उल्लेख गरिएको छ ।

त्यसमध्य सबैभन्दा बढी मँगो इन्टरनेट अफ्रिकी मूलुकमा रहेको छ । मध्यम र न्युन आय भएका एक सय ३६ वटा देशमा भएको अध्ययनले अफ्रिकी मुलकमा इन्टरनेट सबैभन्दा महंगो भएको देखाएको छ ।

अध्ययनले समेटको मध्यम आय भएका मुलकुमा मलेसिया कोलम्बीया, भारत, जमैका, साउथ अफ्रिका र घाना र न्युन आय भएका मूलकमा नेपाल, माली, हाइटी, लाइबेरिया, यमन र मोजाम्बिकका लगाएतका मूलुकका नागरिकले महँगो इन्टरनेट प्रयोग गरिरहेका छन् ।

एफोरआइका अनुसार एउटा नागरिकले १ जीबी डेटाको लागि आफ्नो प्रतिमहिना हुने आम्दानीको २ प्रतिशत मात्र यसमा खर्च गर्नुपेर्न हो । तर, उल्लेखित देशहरुमा १ जिबी डेटाका लागि तलबकको ७.१२ प्रतिशतसम्म खर्च गर्नु परेको उल्लेख छ ।

एफोरएआईले यसको अध्ययन देशको प्रतिव्यक्ति आयसँग जोडेर गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०