close

यस्तो छ चार क्यामेरा भएको रियलमीको नयाँ स्मार्टफोन

टेकपाना टेकपाना

माघ २७, २०७६ १९:४६

यस्तो छ चार क्यामेरा भएको रियलमीको नयाँ स्मार्टफोन

रियलमीले भर्खरैमात्र आफ्नो नयाँ फोनको बारेमा जानकारी सार्वजनिक गरेको छ । सार्वजनिक भएको जानकारी अनुसार फोन क्वाड क्यामरा सेटअप (चार ओटा क्यामरा) का साथ आउने भएको छ ।

फोनमा स्न्यापड्रागन ८६५ चिपसेट प्रयोग गरिएको छ । चिनियाँ सामाजिक सञ्जाल ‘विबो’ मा कम्पनीका एक कर्मचारीले राखेको स्क्रिनसटमा उल्लेख भएअनुसार रियलमीले एक्स फिप्टी प्रो फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

Realme X50 Pro 5G about phone page screenshot

१२ जीबी र्‍याम रहेको फोनमा २५६ जीबीको इन्टरनल मेमोरी छ । कम्पनीका अनुसार यो फोन फागुन ११ गतेबाट स्पेनको बार्सिलोनमा आयोजना हुन‍ गइरहेको मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१