close

मोबाइल डिस्प्लेमा क्वाड वा फुल एचडी कुन राम्रो ?

टेकपाना टेकपाना

माघ २८, २०७६ १२:२५

मोबाइल डिस्प्लेमा क्वाड वा फुल एचडी कुन राम्रो ?

एजेन्सी । तपाईंको स्मार्टफोनमा क्यूएचडी अर्थात क्वाड हाई डेफिनेसन डिस्प्ले प्रयोग भएको होला । टप रेञ्जका स्मार्टफोनहरुमा प्रयोग हुने यो डिस्प्ले तिक्ष्ण र सुन्दर हुन्छ । 

यसमा तपाईंले राम्रो पर्फरमेन्स, सस्तो मूल्य र राम्रो ब्याट्री लाइफ पाउन सक्नु हुन्छ । तपाईंले सुन्दै आएको एफएचडी अर्थात् फूल हाई डेफिनेसन र क्युएचडी डिस्प्लेमा के फरक छ त ? एफएचडी प्रयोग भएको वानप्लस सेभेन प्रो र क्यूएचडी प्रयोग भएको वानप्लस सेभेन टी प्रो दुबै फोनको डिस्प्ले मोडल फरक छ ।

तर यी दुबैमा धेरै समानता पनि छन् । दुबैमा ६.६७ इञ्चको ३१२० इन्टु १४४० एमोलेड डिस्प्ले रहेको छ । अवश्य पनि यी दुई फोनको डिस्प्लेबीच भिन्नता पनि छ । एउटाको डिस्प्ले रेजोलुसन अर्कोको भन्दा सार्प छ । क्वाड एचडी डिस्प्ले फुल एचडी डिस्प्लेको तुलनामा राम्रो मानिन्छ ।

तर यी दुई डिस्प्लेबीच त्यति धेरै ठूलो भिन्नता भने छैन । क्वाडको साटो फुल एचडी डिस्प्लेको मोबाइल लिँदा घाटा हुन्छ भन्ने वा फुलको साटो क्वाड डिस्प्ले लिँदा फाइदा हुने भनाइलाई एक सर्वेक्षणले देखाएको नतिजाले खण्डन गरेको छ । 

उक्त सर्वेक्षणमा सहभागी मध्ये ५० प्रतिशतले क्वाड डिस्प्ले उत्कृष्ट भएको र बाँकीले फुल एचडी डिस्प्ले उत्कृष्ट भएको जवाफ दिएका थिए । २०१८ को मध्यमा भएको उक्त सर्वेक्षणमा ४३ प्रतिशतले क्वाड एचडी डिस्प्ले मन पराएका थिए । ५३ प्रतिशतले भने क्वाड डिस्प्ले मन परे पनि फुल एचडी डिस्प्ले पनि राम्रै विकल्पको रुपमा प्रयोग गर्न सकिने वा दुईटाबीच उल्लेखनीय फरक नभएको जवाफ दिएका थिए । 

वानप्लसले अहिले आफ्नो फोनमा ‘अटो स्विच’ मोड ल्याएको छ । यो मोड अनुसार स्क्रिनमा चलिरहेको कन्टेन्टको आवश्यकता अनुसार डिस्प्ले फुलदेखि क्वाडमा वा क्वाडदेखि फुलमा आफै सिफ्ट हुन्छ । 

क्वाड र फुल एचडी डिस्प्लेबीचको भिन्नताको अध्ययन पछि विश्लेषकहरु क्वाड डिस्प्ले आवश्यकता भन्दा पनि अत्याधुनिक रहर भएको बताउँछन् । तर यो डिस्प्लेले ब्याट्री प्रविधि सुधारमा राम्रो प्रदर्शन गरेको बताइन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१