close

फायरफक्सले प्रयोगकर्ताका कस्ता डेटा संकलन गर्छ ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

माघ २८, २०७६ ११:७

फायरफक्सले प्रयोगकर्ताका कस्ता डेटा संकलन गर्छ ? यसरी थाहा पाउनुहोस्

एजेन्सी । मोजिल्ला फायरफक्सले आफ्नो ब्राउजरका प्रयोगकर्ताको कस्ता डेटाहरु संकलन गर्छ भनेर अब थाहा पाउन सकिने भएको छ । फायरफक्स ब्राउजरमा रहेको स्पेसल पेजबाट प्रयोगकर्ताले त्यस्तो विवरण हेर्न सक्नेछन् । 

ब्राउजरको यूआरएल एड्रेस बारमा गएर अंग्रेजी अक्षरमा अबाटउः टेलिमेन्ट्री लेखेपछि त्यसमा पहुँच पाउन सकिन्छ । यो नयाँ सेक्सन फायरफक्समा भर्खरै थपिएको हो । 

उक्त पेजले प्रयोगकर्तालाई ब्राउजर सेटिङ, इन्स्टल गरिएका एडअन, अपरेटिङ सिस्टम, हार्डवेयरको सूचना, ब्राउजर सेसनको विवरण तथा रनिङ प्रोसेस लगायतका विषयमा गहिरो प्राविधिक विवरणहरु दिनेछ । 

फयरफक्सका इन्जिनियरका अनुसार सुरुवातमा फायरफक्स टेस्ट इन्स्टल डिबगका लागि उक्त पेज बनाइएको थियो । यसलाई प्रयोगकर्ताले समेत प्रयोग गर्न सकिने सुविधाका साथ ल्याइएको हो । 

मोजिल्लाले विगत दुई वर्षदेखि आफ्नो ब्राउजरमा गोपनीयता नियन्त्रणलाई बढावा दिने काम गरिरहेको छ । पछिल्लो नयाँ पेज पनि यसैको हिस्सा भएको उसले बताएको छ । 

उक्त अबाउटः टेलिमेन्ट्री पेजलाई फायरफक्समा थप गर्नु अघि मोजिल्लाले अफ्नो वेबसाइटमा प्रयोगकर्ताबाट संकलन गरिने टेलिमेन्ट्री डेटाका किसिम र कारणलाई उल्लेख गरेको थियो । 

नयाँ भर्सन सार्वजनिक भएसँगै डिबग गर्नु अघि उक्त टेलिमेन्ट्री डेटाले फायरफक्सको पब्लिक डेटा रिपोर्टलाई बलियो बनाउने छ । फायरफक्सले प्रयोगको साप्ताहिक अपडेट दिने भनिएको छ । 

तर यदि प्रयोगकर्ताहरुले आफ्नो ब्राउजिङको टेलिमेन्ट्री डेटा रोखेको मन पराएनन् भने आफ्नो ब्राउजिङको सेटिङ सेक्सनबाट फायरफक्सको टलिमेन्ट्री फिचरलाई डिजेबल अर्थात निश्कृय बनाउन सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१