close

एन्ड्रोइडमा भाइरसबाट बच्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ २८, २०७६ ९:१८

एन्ड्रोइडमा भाइरसबाट बच्न यसो गर्नुहोस्

तपाई एन्ड्रोइड मोबाइल तथा डिभाइस चलाउनुहुन्छ ? आफ्नो डिभाइसलाई मालवेयर अर्थात भाइरसको आक्रमणबाट बचाउन चाहनुहुन्छ ? त्यसका लागि तपाईं विभिन्न उपाय अपनाउन सक्नुहुन्छ । 

एप्लिकेसन्सहरु साइडलोड नगर्नुहोस् 

तपाईंले कुनै रमाइलो गेमिङ एप्लिकेसनको बारेमा सुन्नु भएको छ र त्यसलाई डाउनलोड गर्न चाहनुहुन्छ । तर त्यो गेम कुनै अविश्वासिलो साइटमा छ भने त्यसलाई डाउनलोड नगर्नुहोस् । यदि तपाई कुनै पनि नयाँ रिलिज भएको एप्लिकेसनको फिचरको बारेमा परीक्षण गर्न चाहानुहुन्छ भने एप्लिकेसन साइडलोड गर्ने काम राम्रै मानिन्छ ।

तर कुनै पनि गेम वा एपहरु डाउनलोड गर्ने कार्य भने जोखिमपूर्ण हुन्छ । किनभने त्यस्ता सफ्टवेयरलाई कसैले चेक जाँच गरेको हुँदैन । यस्ता साइटहरु कताबाट आउँछन्, त्यसभित्र के हुन्छन् भन्ने कुरा कसैलाई थाहा हुँदैन । यस्तो अवस्थामा त्यस्तो गेम कुनै सक्कली एपभन्दा पनि भाइरसयुक्त हुनसक्छ ।

गुगल प्ले स्टोरमा कसन प्रयोग गर्नुहोस् 

कहिलेकाँही गुगल प्ले स्टोरबाट डाउनलोड गरिने एपहरुमाथि पनि पुर्ण रुपमा विश्वास गर्नसकिने अवस्था रहँदैन । आफ्नो एप्लिकेसनलाई मोनिटाइज गर्न डेभलपर्सहरुले विज्ञापन राख्ने गर्छन् । तर त्यस्ता विज्ञापनले दुषित कोड डिभाइसमा घुसाएर ट्राफिक बढाईदिन्छन् । मोबाइल डिभाइसका लागि विज्ञापन नेटवर्क एउटा खतरा नै हो । 

एप डेभलपरहरुको आयस्रोत विज्ञापनमै निर्भर हुने हुँदा उनीहरुले निःशूल्क सेवा दिन सक्दैनन् । यदि निःशूल्क सेवा दिने हो भने सब्सक्रिप्सन मोडेलमा एप विकास गर्नुपर्छ । तर यो धेरैै एपमा नहुने हुँदा प्रयोगकर्ता आफैले कुनै पनि एप वा गेम गुगल प्ले स्टोरबाट डाउनलोड गर्दै गर्दा गम्भीर ध्यान पुर्‍याएर सावधानि अपनाउनै पर्छ । 

फुल अन ओपन सोर्समा जानुहोस्

अर्को उपाय भनेको एफड्रोइडको बाटो हो । यो एन्ड्रोइड प्लेटफर्मका लागि ओपन सोर्स एप्लिकेसन इन्सटल गर्ने क्याटालग हो । एफड्रोइडको एकदमै कडा अडिटिङ प्रोसेस हुन्छ । किनभने यो पुरै ओपन सोर्स हो । यसले ओपन सेक्युरिटी र क्योर ५३ मा काम गर्छ । 

आफूले प्रयोग गर्ने एप मात्र इन्स्टल गर्नुहोस्

भाइरस तथा ह्याकरको आक्रमण हुनुको पछाडि सबैभन्दा ठूलो कमजोरी प्रयोगकर्ताकै हुने गर्छ । राम्रो देखियो वा कसैले सुझाव दिएकै आधारमा जुन पायो त्यही एप डाउनलोड गर्ने प्रवृतिले पनि भाइरस आक्रमणको खतरा बढाउँछ । गुगल प्ले स्टोरमा भएका जो पायो त्यही एप डाउनलोड गर्नुहुन्न ।

आफूलाई आवश्यक एप मात्र डाउनलोड गर्ने गर्नु पर्छ । अन्य एप वा गेमिङ एपहरु डाउनलोड गर्ने हो भने पनि विश्वासिलो डेभलपर्सहरुका मात्र डाउनलोड गर्नुपर्छ । तपाईं जति धेरै एपहरु डाउनलोड गर्नुहुन्छ त्यति नै धेरै भाइरस डाउनलोड हुने खतरा रहन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१