close

एप्पल वाच र आईफोनलाई कारको साँचोको रुपमा प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

माघ २८, २०७६ १४:३०

एप्पल वाच र आईफोनलाई कारको साँचोको रुपमा प्रयोग गर्न सकिने

एजेन्सी । एप्पलले आफ्नो दुई प्रोडक्ट एप्पल वाच र आईफोनलाई कारसँग कनेक्ट गर्न सकिने भएको छ । यो सँगै आईफोन तथा एप्पल वाच प्रयोगकर्ताले आफ्नो कार मोबाइल अथवा घडीमार्फत सञ्चालन गर्न सक्ने छन् ।

हाल सर्वाजनिक भएको जानकारी अनुसरा आईओएस १३.४ को बेटा भर्जनमा उक्त सुविधा उपलब्ध रहेको छ । त्यसमा ‘कार की’ भन्ने छुट्टै अप्सन दिइएको छ । जसमार्फत कारको ढोका खोल्न र बन्द गर्न सकिनेछ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त्यसैमार्फत कार स्टार्ट समेत गर्न सकिने उल्लेख गरिएको छ ।

त्यसका लागि नियर फिल्ड कम्युनिकेशन(एनएफसी) युक्त गाडी हुन आवश्यक छ । यो प्रविधि पछिल्लो सयम बजारमा भित्रिने धेरै जस्तो ब्राण्डका कारमा उपलब्ध हुने गरेको छ । त्यसैले यो प्रविधिलाई विश्वव्यापी रुपमै प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१