close

यस्तो छ, नेपाल प्रहरीको दूरससञ्चार प्रणाली

युजु खालिङ युजु खालिङ

माघ २८, २०७६ १५:५५

यस्तो छ, नेपाल प्रहरीको दूरससञ्चार प्रणाली

काठमाडौं । एउटा सामान्य कार्यालयमा टेलिफोन तथा रिचार्जका लागि कति खर्च हुन्छ होला ? अनि नेपालको सम्पूर्ण सुरक्षाको जिम्मा लिएको सुरक्षा बलको त्यस्तो खर्च नि ? प्रहरीले बोक्ने वाक्की टक्की देख्नु भएकै छ । वाक्की टक्की हरेक समय एक्टिभ भइरहेको सुन्छौं ।

यस्तो देख्दा कतिपयलाई सेना तथा प्रहरी बलको टेलिफोन बिल धेरै उठ्छ भन्ने लाग्नसक्छ । अर्को तर्फ सुरक्षा बल कुन टेलिफोन सेवाप्रदायकको नेटवर्क प्रयोग गर्छन् होला भन्ने जिज्ञासा पनि उठ्न सक्छ ।

वास्तवमा सेना र प्रहरीले सञ्चार शिर्षकमा सामान्य नागरिकले जस्तो कुनै दूरसञ्चार कम्पनीलाई बिल तिर्नु पर्दैन । यदी त्यसो हुँदो हो त अन्य शिर्षकमा सुरक्षा निकायलाई अरु शिर्षकको खर्च कटौति गर्नुपर्ने वा बजेट बढाउनुपर्ने हुन्थ्यो होला ।

प्रहरी निरीक्षक इन्जिनियर प्रमोदकुमार यादवका अनुसार प्रहरी कुनै पनि नेटवर्क सेवाप्रदायकको ग्राहक बन्न आवश्यक छैन् । त्यसैले नै टेलिफोन तथा दूरसञ्चार शिर्षकमा नेपाल प्रहरीको खर्च नहुने उनको भनाई छ ।
दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि नेपाल प्रहरीसँग आफ्नै आन्तरिक टेलिफोन नेटवर्क अनि फ्रिक्वेन्सी हुन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रहरीलाई यस्तो नेटवर्क तथा फ्रिक्वेन्सी निःशूल्क रुपमा उपलब्ध गराउँछ । फोनहरुलाई सिंग्नल दिने दूरसञ्चार कम्पनीको बीटीएस टावर जस्तै काम गर्ने प्रहरीसँग आफ्नै रिपिटर हुन्छन् ।

प्रहरीको ह्याण्डसेट वाक्की टक्कीमा मोबाइलमा जस्तो सिमकार्डको आवश्यकता पर्दैन । सिमकार्ड मोबाइललाई कुनै पनि फ्रिक्वेन्सीसँग सम्पर्क गराउने आईडी मात्र हो । अथवा यो एक प्रकारको मेमोरी मात्र हो । नेपाल टेलिकमबाट एनसेल र एनसेलबाट टेलिकममा कल गर्दा नेटवर्कमा हुने परिवर्तनको लचकतालाई सहज बनाउन मात्रै सिमकार्डको आवश्यकता पर्छ ।

तर प्रहरीले आफ्नो आन्तरिक प्रयोजनाका लागि एउटै मात्र नेवटर्क तथा फ्रिक्वेन्सी प्रयोग गर्ने हुँदा आवश्यक सबै कन्फिग्रेसन प्रहरीको ह्याण्डसेट डिभाइसमै हुन्छ र सिम कार्ड प्रयोग गर्न आवश्यक हुँदैन ।

यदि प्रहरीले अन्य नेटवर्कमा सम्पर्क गर्नुपर्‍‍यो भने छुट्टै सिस्टमको प्रयोग गर्नुपर्छ । जस्तो नेपाल टेलिकमको ल्याण्डलाइन तथा पीएसटीएन सेवामा कल गर्नु पर्‍‍यो भने प्रहरीले आफ्नो डिभाइसमा पीएसटीएन मोड्युल कनेक्ट गराउँछ । यति गरेपछि नेपाल टेलिकमको पीएसटीएनमा सम्पर्क गर्न सक्छ । यसका लागि प्रहरीले नेपाल टेलिकमलाई निश्चित अन्तरआबद्धता शूल्क भने तिर्नुपर्ने हुन्छ ।

यस्तै प्रहरीले गाडीमा बेस फोन प्रयोग गर्छ । यसैकारण प्रहरी तथा मन्त्रीहरुको गाडीमा केहो अग्ला एन्टेना राख्ने गरिन्छ । मोबाइलको फोन नम्बर जस्तै प्रहरीको वाक्की टक्कीको पनि आईडी हुन्छ । त्यसैको आधारमा चाहिएको प्रहरीबाट प्रशासन वा प्रहरी प्रहरीबीच सम्पर्क स्थापित हुन्छ ।

यस्ता सेटहरु विभिन्न किसिमका हुन्छन् । यसबाट वान टु वान , वान टु मेनी, ग्रुप जस्तो विभिन्न तरिकाले सञ्चार गरिन्छ । यो डिजिटल ट्रकि हो ।

नेपाल प्रहरीले दूरसञ्चारका लागि आफ्नै प्रविधि विस्तार गरेर टेलिकमका नेटवर्कको आवश्यकतालाई कटौती गर्दै गईरहेको प्रहरी निरिक्षक इन्जिनियर यादव बताउँछन् । आन्तरिक कलका लागि प्रहरीले ब्राञ्च एक्सचेन्ज पीबीएक्स प्रणाली प्रयोग गरेर आन्तरिक कल व्यवस्थापन गर्दै आएको छ । यो पीबीएक्स प्रणाली अन्य कार्यालयमा पनि प्रयोग हुने गर्छ ।

‘हामीले महाराजगञ्जदेखि रानीपोखरीसम्म अप्टिकल फाइबर बिच्छाएर इन्टरनल कलको नेटवर्क विस्तार गरेका छौं । अब यो इन्टरनल नेटवर्कबाट फोन गर्दा पैसा लाग्दैन,’ प्रहरी निरिक्षक इंजिनियर यादव भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१