close

अमेजन, भीभो सहित ६ ब्राण्ड मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी नहुने

टेकपाना टेकपाना

माघ २८, २०७६ १७:४३

अमेजन, भीभो सहित ६ ब्राण्ड मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी नहुने

एजेन्सी । प्रविधिको कुम्भ मेलाका रुपमा लिइने मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) आउँदो फागुन १२ गते देखि स्पेनको बार्सिलोनमा सुरु हुँदैछ । मोबाइल तथा प्रविधिसँग सम्बन्धित कम्पनी तथा यससँग रुची राख्नेहरुका लागि यो मेला एउटा आकर्षण हो ।

तर, यो वर्षको मेलामा कतिपय ठूला ब्राण्ड भने सहभागी नहुने भएका छन् । त्यसमा अमेजन, सोनी, भीभो जेडटीई, एलजी र टीएलसी छन् । उल्लेखित ब्राण्डमध्ये कतिपयले आंशिक र केहीले पूर्ण रुपमा सहभागिता जनाउन नसकिने भन्दै पत्राचार गरिसकेको उल्लेख गरिएको छ ।

यसको कारणको रुपमा कोरोना भाइरसलाई लिइएको छ । चीनमा फैलिएको कोराना भाइरसका कारण उक्त मेलामा कम्पनीहरुले आफ्ना कर्मचारी खटाउन नसकिने जनाएको हुन् ।

भीभोले मेलामा सहभागी जनाउन नसकिने भन्दै आफ्नो कन्सेप्ट डिभाइस २०२० छुट्टै सार्वजनिक गर्ने जनाइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१