close

एनआईसी एसियाको खातामा रहेको पैसा अब सोझै खल्तीमा

टेकपाना टेकपाना

माघ २९, २०७६ १७:५८

एनआईसी एसियाको खातामा रहेको पैसा अब सोझै खल्तीमा

काठमाडौं । एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवाका लागिसम्झौता भएको छ । एनआईसी एसिया बैंकका सीईओ रोशन कुमार न्यौपाने र खल्तीका निर्देशक अरविन्द साहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लेटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

खल्तीका डाइरेक्टर अरविन्द साह अब एनआईसी एसिया बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट नरहेको बताए । ‘नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो,’ उनले भने, ‘यस सहकार्यसँगै हामीले नगद रहित नेपालका लागि एउटा अर्को पाइला अगाडि सारेका छौँ ।’

बैंकका सीईओ रोशन कुमार न्यौपानेले आफूहरु प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिरहेको बताए । उनले भने ‘यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।’

एनआईसी एसिया बैंकले हाल मुलुकभररहेका तीन सय १३ शाखा कार्यालयहरु, चार सय ३० एटीएम, एक सय चार वटा वटा एक्सटेन्सन काउण्टर तथा ४७ वटा शाखारहित बैंकमार्फत सेवा उपलब्ध गराउँदै आएको छ । बैंकका २१ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

खल्तीले मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, हवाई टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता थुप्रै सेवाहरु दिँदै आएको छ । १० लाख भन्दा बढि प्रयोगकर्ता रहेको खल्ती ई–सेवा पछि नेपालको दोश्रो धेरै रुचाइएको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१