मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले भ्यालेन्टाइनको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले जोडीलाई लक्षित गर्दै कपल सिम दिने भएको हो ।
अफर अनुसार एक रुपैयाँमै दुई सिमकार्ड प्राप्त गर्न सकिनेछ । प्रत्येक दिन यस्तो सिम खरीद गर्ने २५ जना ग्राहकले हरेक कपल सिमका लागि ६ जीबी डाटा उपहारको रुपमा पाउनेछन् ।
यो अफर १२ फेब्रुअरीदेखि २८ फेब्रुअरीसम्म मान्य रहने कम्पनीले जनाएको छ । अफरका लागि स्मार्ट सेन्टरबाट सिम खरिद गर्नुपर्नेछ ।