close

साइबर अपराधबाट अमेरिकालाई एकै वर्षमा ४ खर्ब आम्दानी

टेकपाना टेकपाना

फागुन १, २०७६ ११:३७

साइबर अपराधबाट अमेरिकालाई एकै वर्षमा ४ खर्ब आम्दानी

एजेन्सी । साइबर अपराधमा संलग्नहरुबाट अमेरिकाले गत वर्ष ३.५ अर्ब डलर अर्थात करीब ४ खर्ब नेपाली रुपैयाँ बराबर संकलन गरेको छ । अमेरिकी संघीय जाँच ब्युरोमा दर्ता भएका सर्भिस इन्टरनेट क्राइम कम्प्लेन्ट सेन्टर आईसीथ्रीले यस्तो विवरण सार्वजनिक गरेको हो ।  

गत वर्ष ४ लाख ६७ हजार ३ सय ६१ जना व्यक्ति तथा व्यवसायिक संस्थाहरुले त्यस्तो घटनाको उजुरी दर्ता गराएका थिए । ह्याकर तथा संलग्न अपराधीहरुले धमकाउने गरेको तथा फिसिङ जस्ता गतिविधि गर्ने गरेको उजूरीमा त्यस किसिमको रकम संकलन भएको हो । 

यस्ता गतिविधिका लागि सामान्यतयः वैधानिक मानिने इमेल एड्रेस तथा वेबहरु प्रयोग गर्ने गरिन्छ । गत वर्ष आईसीथ्रीमा एकै प्रकारका १३ हजार ६३३ दर्ता भएका थिए । जसमा पिडितहरुले स्क्यामरले फोन मार्फत आफ्नो कम्प्युटरमा समस्या रहेको र त्यसलाई तत्काल मर्मत गर्नुपर्ने बताउँदै समस्यामा पारेको बताएका छन् ।

४८ मुलुकहरुबाट आएका त्यस्ता उजूरीहरुमा पिडितहरुले ५४ मिलियन डलरको घाटा बेहोरेको बताइएको छ । यस्ता घटनाका अधिकांश पिडितहरु ६० वर्ष माथिका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१