close

सामसङ ग्यालेक्सी जेड फ्लिपको ‘फ्लेक्स मोड’ अब अन्य फोनमा पनि

टेकपाना टेकपाना

फागुन १, २०७६ १४:२३

सामसङ ग्यालेक्सी जेड फ्लिपको ‘फ्लेक्स मोड’ अब अन्य फोनमा पनि

सामसङ कम्पनीको बहुप्रतिक्षित फोन ‘ग्यालेक्सी जेड फ्लिप’ भर्खरै सार्वजनिक भएको छ । यो फोनको सबैभन्दा नयाँ फिचर भनेको ‘फ्लेक्स मोड’ हो । यो फिचरले फोन आंशिक रुपमा फोल्ड हुँदा एउटै एप्सलाई फोनको दुई भागमा विभाजन गरिदिन्छ ।

तर सामसङले यो फोनमा भएको नयाँ फिचर लामो समयसम्म उसको एक्सक्लुसिभ फिचर नरहने बताएको छ । कम्पनीले यो फिचर अन्य मोबाइल ब्राण्डको फोनमा पनि आउने उल्लेख गरेको छ ।

‘द भर्ज’ को अनुसार सामसङले उक्त फ्लेक्स मोड डिजाइन गर्न गुगलसँग सहकार्य गरेको थियो । त्यसैले पनि यसलाई अन्य स्मार्टफोन निर्माणकर्ता कम्पनीले पनि प्रयोग गर्न सक्ने गुगलले दाबी गरेको छ ।

यस प्रकारको फ्लेक्स मोडले स्प्लिट स्क्रिन मल्टीटास्किङभन्दा फरक तरिकाले काम गर्छ । यसकारण यो पुरानो फिचरको नयाँ स्वरुप होइन । फ्लेक्स मोडले डिभाइसको स्क्रिनलाई दुई साना भागमा टुक्राउँछ ।

जसले गर्दा एउटै एप्सको विभिन्न फंसनहरु दुई टुक्रिएको डिस्प्लेमा एकैपटक सञ्चालन गर्न सकिन्छ । उदाहरणका लागि तपाई फोनको माथिल्लो डिस्प्लेमा भिडियो हेर्न सक्नुुहुन्छ भने तल्लो भागबाट डिभाइसलाई कन्ट्रोल गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१