close

यन्त्रको रोबोट प्रतिस्पर्धामा बंगालदेशी टोली विजयी

टेकपाना टेकपाना

फागुन १, २०७६ १५:१२

यन्त्रको रोबोट प्रतिस्पर्धामा बंगालदेशी टोली विजयी

काठमाडौं । बंगलादेशको एल्गस युएसटीसी टिम ‘यन्त्र म्यानुअल अखडा रोबोट वार’ को विजेता बनेको छ । रोबोटिक्स एसोसिएसन नेपाल (र्‍यान) ले आयोजनामा भएको यन्त्रको आठौं संस्करणको प्रतिस्पर्धामा भारतको ब्ल्याकबर्ड टिमलाई पराजित गर्दै बंगलादेशले बाजी मारेको हो ।

दशरथ रंगशालामा आयोजना भएको इन्टरनेशनल रोबोटिक्स कम्पिटिसनमा रोबोटहरुबीचको युद्धमा जीत हात पारेसँगै स्वर्ण पदक र एक लाख पचास हजार रुपैयाँ प्राप्त गरेको छ । र्‍यानले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘यन्त्र साइन्स, टेक एण्ड इन्टरप्रेनरसिप फेस्टिभल’ को आठौं संस्करणमा ८० भन्दा धेरै टोलिले सहभागिता जनाएका थिए । र्‍यानले पहिलोपटक नेपाल सहित भारत, भुटान र बंगलादेश गरी सार्कका चार राष्ट्रलाई पहिलोपटक यो प्रतिस्पर्धामा सहभागी गराएको थियो ।

यस्तै सातै प्रदेशका ५० जिल्लाका सयभन्दा धेरै विद्यालय, प्लस टु कलेज तथा इंजिनियरिङ कलेजहरु समेत सहभागी भएका थिए । फेस्टिभलमा यन्त्र म्यानुअल अखडा, यन्त्र अटोमेटिक अखडा, यन्त्र नेशनल लिग, रोबोबिजनेस कप, यन्त्र लर्निङ, यन्त्र किड्स, मिनी यन्त्र जस्ता कार्यक्रम आयोजना भएका थिए ।

फेस्टिभलमा मोमो काउन्टिङ तथा प्याकिङ मेसिन, रोबो मार्केटिङ, भाषा अनुवादक, सीएनसी राउटिङ डिभाइस, विड क्लिनिङ मेसिन, साथी पर्सनल, एट होम रोबोट टिचर, रोबोट टर्निङ वेस्ट इन टु वेल्थ तथा फोर्स्ड फार्मिङ रोबोट जस्ता आकर्षकका प्रोजेक्टहरु यन्त्र ८.० फेस्टिभलमा राखिएको थियो ।

रोबोटलाई प्रडक्टरको रुपमा दश टोलीले अफ्नो विजनेस आईडिया प्रस्तुत गरेका थिए । उक्त अवसरमा पहिलोपटक नेपालको अल गर्ल्स टिमले इन्टरनेशनल रोबोटिक्स कम्पिटिसनमा भाग लिएका थिए । उक्त फेस्टिभल २४ जनवरीदेखि ५ फेब्रुअरीसम्म आयोजना भएको थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१