close

अर्घाखाँची, प्युठान, पाल्पा र गुल्मीमा इन्टरनेट नेटवर्क तयार पारिँदै

टेकपाना टेकपाना

फागुन १, २०७६ १७:४२

अर्घाखाँची, प्युठान, पाल्पा र गुल्मीमा इन्टरनेट नेटवर्क तयार पारिँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अर्घाखाँची, प्यूठान, पाल्पा र गुल्मीमा अप्टिकल फाइबर विस्तारका लागि टेण्डर आह्वान गरेको छ । नियामक प्राधिकरणले प्रदेश ५ का चार जिल्लामा फाइबर बिछ्याउन बिहीबार टेण्डर मागेको हो ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरि देशका विभिन्न क्षेत्रमा तीब्र गतिको इन्टरनेटका लागि फाइबर बिछ्याउने परियोनजा सञ्चाल गरिरहेको छ । परियोजना अन्तरगत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक स्वास्थ्य संस्था, सामुदायिक माध्यामिक विद्यालय लगायतका स्थानमा तीब्र गतिको इन्टरनेट पुर्‍याउने योजना छ ।

प्राधिकरणको यो परियोजना अन्तर्गत विभिन्न १८ वटा प्याकेजमा काम अगाडि बढाएको छ । जसमध्ये कतिपय परियोजना सम्पन्न भइसकेका छन् भने केही परियोजना भर्खर टेण्डर प्रक्रियामा रहेका छन् । परियोजनाका लागि सम्झौताका भएको एक वर्षमा नेटवर्क विच्छ्याइसक्ने प्राधिकरणको लक्ष छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१