close

सुरु नहुँदै फेसबुक डेटिङमा युरोपको रोक

टेकपाना टेकपाना

फागुन ३, २०७६ १७:१५

सुरु नहुँदै फेसबुक डेटिङमा युरोपको रोक

युरोपमा फेसबुकको डेटिङ सेवालाई धक्का लागेको छ । युरोपियन युनियनको डाटा नियामक समक्ष गोपनीयता जोखिमको कानूनी मूल्याङ्कनमा असफल भएपछि फेसबुकको डेटिङ सेवा सार्वजनिक गर्न रोक लगाइएका हो ।

आयरल्याण्डको समाचारपत्र इन्डिपेन्डेन्डले बुधबार प्रकाशित गरेको रिपोर्टमा आईरिस डाटा प्रोटेक्सन कमिसन डीपीसीले मुलुकको डाटा संरक्षण ऐनको अधिकार प्रयोग गर्दै आवश्यक कागजात अपुग देखिएको पत्र फेसबुकको डब्लिन कार्यालयलाई पठाएको छ । 

डीपीसीको वेबसाइटमा उल्लेख भएअनुसार फेब्रुअरी ३ मा फेसबुकले युरोपमा डेटिङ फिचर रोलआउट गर्ने सम्झौता गरेको थियो । ‘पहिलो पटक यो फिचरको बारेमा फेसबुक आयरल्याण्डको तर्फबाट थाहा पाएदेखि नै हामी यसमा एकदमै सचेत थियौं र उनीहरु १३ फेब्रुअरी १३ मा यसको रोलआउट  गर्ने मनसायमा रहेको पनि जानकारी थियो,’ नियामकले लेखेको छ, ‘हामीलाई डाटा प्रोटेक्सन इम्प्याक्ट एसेस्मेन्टको सन्दर्भमा ३ फेब्रुअरीमा कुनै सूचना तथा कागजात उपलब्ध गराइएको थिएन ।’

फेसबुकले २०१८ को मेमा सामाजिक सञ्जालमा साथी नरहेकाहरुबीच डेटिङ गर्न सक्ने फिचर घोषणा गरेको थियो । कोलम्बियामा परीक्षण भइरहेको यो फिचर फेसबुकले क्रमशः दक्षीण अमेरिका र एशियामा समेत विस्तार गर्नर् योजना बनाएको छ ।

अमेरिकामै गम्भीर किसिमको गोपनीयता कमजोरी रहेका कारण एफटीसीले यसलाई ५ अर्ब डलर जरिवाना गरेको थियो । त्यसै समयमा फेसबुकले २०२० को सुरुवातमै युरोमा डेटिङ सेवा आउने बताएको थियो । डीपीसीले फेसबुकको स्वामित्वमा रहेका अन्य उत्पादनको समेत अनुसन्धान गरिरहेको बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१