close

ह्वाट्सएप प्रयोग गर्ने दुई अर्ब नाघे, बन्यो फेसबुक पछि धेरै प्रयोग हुने एप

टेकपाना टेकपाना

फागुन २, २०७६ १४:४८

ह्वाट्सएप प्रयोग गर्ने दुई अर्ब नाघे, बन्यो फेसबुक पछि धेरै प्रयोग हुने एप

एजेन्सी । म्यासेजिङ एप ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्ब पुगेका छन् । फेसबुकको स्वामित्व रहेको म्यासेजिङ एप ह्वाट्स एपले ५० करोड प्रयोगकर्ता बढाउँदै फेसबुक पछि धेरै प्रयोग हुने एप बन्न सफल भएको छ ।

निःशूल्क प्रयोग गर्न सिकने यो यो एप विज्ञापन रहीत समेत छ । कम्पनीले बुधबार नयाँ आँकडा प्रस्तुत गर्दै, ह्वाट्सएप फेसबुक पछि सर्वाधिक प्रयोग हुने एप बनेकाे उल्लेख गरेको छ ।

गत जनवरीमा फेसबुकले २ अर्ब २६ करोड प्रयोगकर्ताले फेसबुक, म्यासेञ्जर, इन्टाग्राम वा ह्वाट्स एप दैनिक प्रयोग गर्ने गरेको बताएको थियो । कम्पनीले आफ्नो मासिक प्रयोगकर्ता दुई अर्ब ८९ करोड रहेको र यो संख्या वार्षिक रुपमा ९ प्रतिशतले बढिरहेको बताएको छ । ११ वर्ष पहिले बनेको ह्वाट्सएप ६ वर्ष अघिफेसबुकको स्वामित्वमा आएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१