close

अन्तरिक्षमा उद्योगका लागि पूर्वाधार बनाउँदै अमेरिकी कम्पनी

टेकपाना टेकपाना

फागुन ३, २०७६ १३:१७

अन्तरिक्षमा उद्योगका लागि पूर्वाधार बनाउँदै अमेरिकी कम्पनी

काठमाडौं । अन्तरिक्षमा केही ठूलो काम गर्ने उद्देश्यका साथ अमेरिकाको कोलोराडोमा रहेको एउटा कम्पनी अतुलनीय निर्माण प्रदर्शनीको अभियानमा लागेको छ । ब्ल्यु क्यान्योन टेक्नोलोजी नामक कम्पनीले अन्तरक्षिमा सोलार प्यानलको थ्रीडी प्रिन्टको उद्योगलाई सपोर्ट गर्ने स्पेसक्राफ्ट भेहिकल इन्फ्रास्ट्रक्चर उपलब्ध गराउनेछ । 

उक्त मिसनलाई ‘आर्किनट वान’ नाम दिइएको छ । यो मिसनको प्रमुख डेभलपर मेड इन स्पेस हो । मेड इन स्पेसले इन्टरनेशनल स्पेस स्टेसनमा थ्रीडी प्रिन्टिरमा काम गर्दै आइरहेको छ । 

यो मिसनलाई नासाले ७३.७ मिलियन डलर रुपैयाँको कोष उपलब्ध गराउनेछ । ब्ल्यु क्यान्योन टेक्नोलोजीका सिस्टम इन्जिनियरिङ प्रोग्राम म्यानेजर लोरी बुथ भन्छन्,‘यो मिसनले काम गरे सम्पूर्ण स्पेस इन्डस्ट्रीमा यो मिसन गेम चेञ्जर सावित हुनेछ ।’

यो मिसनलाई २०२२ भन्दा अगाडि लञ्च गरिने छैन । मिसनमा ३२ फिट लामो सोलार प्यानल अन्तरिक्षमा एसेम्बल गरिनेछ । यसले आगामी मिसनमा हुने धेरै खर्च र जटिलताबाट बचाउ गर्ने बताइएको छ । 

यसबाट अब अन्तरिक्षमा जुनसुकै चिजहरु प्रक्षेपण गर्न सजिलो हुनेछ । यदि अन्तरिक्षमा जाने वस्तु एकदमै संवेदनशिल छ वा भारी छ वा भनौं रकेटमा आट्न सक्दैन भने स्पेसक्राफ्ट अर्बिटमा पुगेपछि यो काम रोबोटले गर्नेछ । 

यसअलावा भविष्यमा रोबोटले अन्तरिक्षयात्रीले अन्तरिक्षामा बिताउने समयलाई घटाइदिनेछ । ब्ल्यु क्यान्याेन १२ वर्ष पुरानाे कम्पनी हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१