close

दाङदेखि कञ्चनपुरसम्म इन्टरनेट नेटवर्क बनाउँदै प्राधिकरण

टेकपाना टेकपाना

फागुन २, २०७६ १२:९

दाङदेखि कञ्चनपुरसम्म इन्टरनेट नेटवर्क बनाउँदै प्राधिकरण

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरसम्म तीब्र गतिको इन्टरनेट नेटवर्क तयार पार्ने भएको छ । नियामकले एक वर्ष भित्र पाँच जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको पूर्वाधारको रुपमा अप्टिकल फाइबर विस्तार गर्न शुक्रबार टेन्डर आह्वान गरेको हो । 

परियोजनाका लागि इन्टरनेट सेवाप्रदायक कम्पनीले आपसमा प्रतिस्पर्धा गर्न सक्नेछन् । प्रतिस्प्रधामा कम बोलकबोल गर्ने कम्पनीले प्राधिकरण अन्तरगत रहेको ग्रामीण दूरसञ्चार विकास कोषबाट परियोजनाको रकम अनुदान स्वरुप प्राप्त गर्नेछ । 

प्राधिकरणले हाल देशभर विभिन्न १८ प्याकेजमा ब्रोडब्याण्ड इन्टरनेट पुर्वाधार तयार पारिरहेकाे छ । साेही योजना अन्तरगत शुक्रबार टेन्डर आव्हान गरिएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१