close

इन्भेष्टमेन्टको इन्टरनेट बैंकिङबाट ईसेवामा पैसा पठाउँदा १५ प्रतिशत बोनस !

टेकपाना टेकपाना

फागुन २, २०७६ १८:२३

इन्भेष्टमेन्टको इन्टरनेट बैंकिङबाट ईसेवामा पैसा पठाउँदा १५ प्रतिशत बोनस !

नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ प्रयोग गरी ईसेवाको खातामा रकम लोड गर्दा १५ प्रतिशत बोनस पाइने भएको छ । इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा ईसेवाले सीमित अवधिका लागि यो अफर सार्वजनिक गरेको हो ।

फाल्गुन २ गतेदेखि सुरु यो अफर चैत्र २ गतेसम्म जारी रहनेछ । ईन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ प्रयोग गरी सय रुपैयाँ वा त्यसभन्दा बढी रकम ईसेवाको खातामा पठाएर अफर अन्तर्गतको बोनस सुविधा पाउन सकिनेछ ।

यद्यपी अफर अवधीभित्र पहिलो रकम पटक लोड गर्दा मात्रै यस्तो बोनस अधिकतम १५० रुपैयाँसम्म पाइने ईसेवाले जनाएको छ । काउन्टर डिपोजिटबाट ईसेवा खातामा रकम जम्मा गर्दा भने बोनस पाइनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१