close

१ रुपैयाँमै एनसेलको सिम, साथमा २ जीबी डेटा अनि १० मिनेट टक टाइम र १० एसएमएस

टेकपाना टेकपाना

फागुन २, २०७६ २१:२४

१ रुपैयाँमै एनसेलको सिम, साथमा २ जीबी डेटा अनि १० मिनेट टक टाइम र १० एसएमएस


मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १ रुपैयाँमै सिमकार्ड उपलब्ध गराउन थालेको छ । शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु क्यान इन्फोटेकमा आउने अलोकनकर्तालाई एनसेलले १ रुपैयाँमा सिम सहित टक टाइम, एसएमएस र डेटा दिने भएको हो ।

सिममा १० मिनेटको टक टाइम र १० ओटा एसएमएस निःशुल्क प्राप्त गर्न सकिनेछ । एनसेलको सिम खरीद गर्ने अवलोकनकर्ताले साथमा ३ दिनको लागि २ जीबी समेत डेटा निःशूल्क प्राउने क्यान महासंघले जनाएको छ ।

एनसेलले एप डाउनलोडका लागि डाउनलोड बुथमा निःशुल्क वाईफाई, फोरजी स्पीड टेस्ट जोनका साथै अवलोकनकर्ताका लागि भीआर गेमहरुको आनन्द लिन मिल्ने गेम जोन लगायत उपलब्ध गराइरहेको छ । मेला बुधबारसम्म चल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१