close

यस्तो योग्यता पूरा गरे तपाईं चन्द्रमा जान पाउनुहुन्छ

टेकपाना टेकपाना

फागुन ४, २०७६ १०:५५

यस्तो योग्यता पूरा गरे तपाईं चन्द्रमा जान पाउनुहुन्छ

एजेन्सी । नासाले सन् २०२४ सम्म चन्द्रमामा मानव पुर्‍याउने जनाएको छ । त्यसमा एक जना महिला र एक जना पुरुष जानेछन् । बितेका ५० वर्षमा चन्द्रमामा मानव पुग्न सकेका छैनन् । त्यसैलाई चिर्दै नासाले अब भने मानव पुर्‍याउने योजना अघि बढाएको हो ।

नासाले सन् २०२४ सम्म सुरुमा महिला र त्यसपछि अर्को पुरुष पठाउने योजना बनाएको छ । त्यसका लागि ३५ विलियन अमेरिकी डलर खर्च लाग्ने उल्लेख गरिएको छ । लागत टुङ्गो लागि सकेसँगै नासाले हाल त्यहाँ जाने मानिको लागि उम्मेदवारहरू खोजी गरिरहेको छ । मार्च २ देखि ३१ तारिखसम्म त्यसका लागि आवेदन खुल्दैछ ।

यसअघि नासाले सन् १९६० को दशकदेखि ३५० अन्तरिक्षयात्रीलाई छानेर तालिम दिएको छ । ती मध्ये ४८ जना कार्यरत छन् । अहिले पूनः आवेदन खुल्ला गर्ने तयारीमा नासा रहेको छ । नासा अमेरिकी निकाय भएकाले पहिलो प्राथामित्ता अमेरिकी नागरिकलाई नै दिइनेछ ।

यसअघि पूर्व ब्रिटिश अन्तरिक्षयात्री पिएर्स सेलर्सले ब्रिटेन छोडेर अमेरिकी नागरिक बन्दै अन्तरिक्षमा जाने आफ्नो सपना साकार पारेका थिए । अहिले पनि त्यस्तो व्यवस्थालाई पनि मान्यता दिइएको छ । दोहोरो नागरिकता लिएकाले पनि आवेदन दिन पाउने उल्लेख गरिएको छ ।

नासाका अनुसार उम्मेदवार हुनको लागि विज्ञान वा गणित विषयमा स्नातकोत्तर गरेको हुनेपर्नेछ । भने, चिकित्सक वा विमान चालकले पनि आवेदन दिन सक्नेछन् । त्यसकालगि दुई वर्षको अनुभव आवश्यक रहेको उल्लेख गरिएको छ ।

आवेदन अनलाइनमार्फत दिन सकिने छ । अनलाई आवदेन भरेपछि उम्मेदवारको स्वास्थ्य जाँच हुनेछ । त्यहाँबाट छनोट भएकालाई दुई वर्षको तालिम प्रदान गरिनेछ । त्यसमा प्राविधिक सीप, रोबोटिक्स् र रुसी भाषाको अध्ययनका साथै जल सेनाको तालिम लिनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१