close

मोबाइल बैंकिङ प्रयोगकर्ताको ‘लगईन डिटेल’ ह्याकरको पहुँचमा, बच्न यसो गरौं

टेकपाना टेकपाना

फागुन ४, २०७६ १८:२२

मोबाइल बैंकिङ प्रयोगकर्ताको ‘लगईन डिटेल’ ह्याकरको पहुँचमा, बच्न यसो गरौं

एजेन्सी । ह्याकरले मोबाइल बैंकिङ एप प्रयोगकर्ताको मोबाइलमा ‘फिसिङ म्यासेज’ पठाएका छन् । प्रयोगकर्तालाई फिसिङ म्यासेज पठाएर उनिहरुको ‘लगईन’ डिटेल ह्याकरले चोरी रहेको खबर बाहिर आएको छ ।

यसबाट हजारौं प्रयोगकर्ता प्रभावित भएका छन् । ह्याकरले मोबाइलमा पठाएको म्यासेजलाई क्लिक गर्दा स्वतः मोबाइल बैंकिङको लगईन डिटेज ह्याकरले प्राप्त गर्ने उल्लेख गरिएको छ । यसबाट अमेरिका र क्यानडामा मात्रै ४ हजारभन्दा बढी प्रभावित भइसकेका छन् ।

मोबाइल साइबर सेक्युरिटीको क्षेत्रमा अध्ययन गर्ने संस्था ‘लुकआउट’ ले यस बारे जानकारी दिएको हो । संस्थाका अनुसार मोबाइलमा आएको फिसिङ म्यासेज खोल्दा सोझै एउटा अनाधिकृत वेबसाइटमा पुग्ने र उक्त वेबसाइटबाट ह्याकरले प्रयोगकर्ताको लगईन सम्बन्धी जानकारी प्राप्त गर्दछ ।

यो घटना अहिलै नेपालमा नदेखिएको भएता पनि यसबाट सतर्क रहन भने आवश्यक छ । त्यसैले मोबाइलमा आएका म्यासेजलाई क्लिक गर्नुपूर्व एक पटक अवश्य सोचौँ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१