close

कोरोना भाइरस कहाँ र कति फैलियो ? यसरी हेर्नुहोस् अनलाइनमा

टेकपाना टेकपाना

फागुन ५, २०७६ ९:१८

कोरोना भाइरस कहाँ र कति फैलियो ? यसरी हेर्नुहोस् अनलाइनमा

चीनबाट फैलिएको नोवल कोरोना भाइरस आज विश्वकै चासोको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनले संकटको रुपमा घोषणा गरेको कोरोनाले विश्वको ध्यानकर्षण गरेको छ ।

अहिले गुगलमा सर्च गरिने विषयमा कोरोना भाइरस एउटा प्रमुख हो । कोरानाबाट मृत्यु हुनेको संख्या १६ सय ६९ नाघिसकेको छ भने, यो रोग विश्वका ६९ हजार दुई सय ६७ जनामा प्रमाणीत भइसकेको छ ।

अहिलेसम्म कुल २६ देशमा यसको असर देखा परेको छ । त्यसमध्ये सबैभन्दा बढी चीनमा फैलिएको छ । चीनमा मात्रै यो रोग लाग्नेको संख्या ६८ हजार ५ सय ८ पुगिसकेको छ । अन्य देशमा ३ सय ५५ ।

नेपालमा पनि यो रोग एक जनामा प्रमाणीत भइसकेको छ । छिमेकी राष्ट्र भारतमा यो रोग तीन जनामा देखिएको छ । विश्वभर फैलिरहेको यो रोग अहिले सबैको चासोको विषय भएकाले यसको विषयमा जानकारी खोज्नेको संख्या पनि बढिरहेको छ ।

त्यसैलेपनि यससँग पूर्ण जाकारी दिने वेबसाइट बनेका छन् । त्यसमध्ये विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तयार पारेको वेबसाइट एक भरपर्दाे वेबसाइटको रुपमा लिइएको छ । (अनलाइन हेर्न यहाँ क्लिक गर्नुहोस् )

भने ‘जिस्याण्ड डाटा’ ले पनि यसबार सम्पूर्ण जानकारी दिइरहेको छ (अनलाइन म्याप हेर्न यहाँ क्लिक गर्नुहोस् )। यी दुबैले कुन देशमा कोरोनाबाट कति प्रभावित भएका छन् ? कतिको मृत्यु भयो ? कतिमा रोग प्रमाणीत भयो र कति यो रोगबाट बच्न कति सफल भए भन्ने बारे सम्पूर्ण जानकारी दिइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१